दार्जिलिङ । वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटाल गाेपाल याेञ्जन सिर्जना सम्मान २०२२ बाट सम्मानित हुनुभएकाे छ । गाेपाल याेञ्जन प्रतिष्ठानले आइतवार दार्जिलिङकाे गाेरखा रंगमञ्च भवनमा आयाेजित वाग्यकार गाेपाल याेञ्जनकाे ७९औं जन्मजयन्तीकाे अवसरमा आयाेजित विशेष कायर्क्रममा संगीतकार तथा गायिका ८४ वर्षीया सुश्री ठटाललाई एक लाख भारू नगदसहित कदरपत्रले सम्मानित गरेकाे हाे ।
उहाँलाई वरिष्ठ संगीतकार अशाेक राई लगायतले दाेसल्ला ओडाई सम्मानित गर्नुभयाे । सम्मान ग्रहणपछि ठटालले नेपाली संगीत जगतका मूर्धन्य व्यक्तित्व गाेपाल याेञ्जनकाे नाममा स्थापना भएकाे सम्मानबाट सम्मानित हुन पाउनु जिन्दगीकै सबैभन्दा सुखद,ठूलाे र आनन्दकाे क्षण भएकाे भन्दै प्रसन्नता व्यक्त गर्नुभयाे ।
गाेपाल याेञ्जन नेपाली संगीत क्षेत्रकाे सिंगाे विश्वविद्यालय भएकाे बताउदै उहाँले जाेकाेहीले गाेपाललाई बुझ्न नसक्ने जिकिर गर्नुभयाे । त्यसैले गाेपाल याेञ्जनका प्रत्येक गीतकाे अर्थ बुझाउदै त्यसकाे भाव र गहिराइकाे बारेमा अन्तर्क्रया गर्ने कार्यक्रम आगामी दिनमा गर्दै जानुपर्ने आवश्यकता ठटालले औंल्याउनुभयाे ।
गाेपाल याेञ्जनकाे सांगीतिक याेगदानमाथि चर्चा गर्दै उहाँले याेञ्जनकै कारण नेपाली गीतमा राम्राे शब्दकाे खाेजी हुन थालेकाे बताउनुभयाे । उहाँका गीतहरूले हिन्दी गीतलाई समेत नेपाली वहुल ठाउँहरूबाट विस्थापित गरेकाे ठटालकाे भनाइ थियाे ।
कार्यक्रममा गीतकार तथा संगीतकार आरबि खड्का, रेडयाे जनताका स्टेशन प्रमुख दीपेन्द्र दाेङ तामाङ, दार्जिलिङका कवि, समालाेचक सुरेन्द्र लामा लगायतले स्वर्गीय गाेपाल याेञ्जनकाे सिर्जना र याेगदानमाथि प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा अर्यान तामाङ, साइरस खाती, विक्की परियार, रजनी गुरूङ, सानिध्य थापा, सानिध्यश्री थापा, राेमिका राई, दिया सुनार र ६ वर्षीया इङ्निमा राई लगायतका नयाँ पुस्ताका गायक गायिकाहरूले गाेपाल याेञ्जनका एक दर्जन बढी गीतहरू प्रत्यक्ष गायन गरे । लाइभ म्यूजिककाे संयाेजन भने विगत ५० वर्षदेखि क्रियाशील दार्जिलिङकाे लिजेण्डस् कार्निभल म्यूजिक ग्रुपले गरेकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष मित्रकुमार लामाले गाेपाल याेञ्जनका गीतसँगै नेपाली सुगम संगीतलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने याेजना अनुसार यस पटक नयाँ पुस्तालाई प्रस्तुतिका लागि राेजिएकाे बताउनुभयाे । अध्यक्ष लामाले गाेपाल याेञ्जन प्रतिष्ठान विशुद्ध सामाजिक संस्था भएकाे र यसले नेपाली भाषा, संस्कृति, साहित्य र संगीतकाे संरक्षण, प्रवर्द्धन गर्दै जाने बताउनुभयाे । उहाँले गाेपाल याेञ्जन प्रतिष्ठानलाई अन्तर्राष्ट्रियकरण गर्दै जाने क्रममा अमेरिका,क्यानडा,हङकङ,अष्ट्रेलिया र जापानसहितका देशमा प्रतिष्ठानकाे च्याप्टर खुल्न लागेकाे जानकारी दिनुभयाे ।
नाैमति बाजासहित शुरू भएकाे कार्यक्रम शुरू हुनु अघि गाेरखा रंगमञ्च परिषर प्राङ्गानमा रहेकाे गाेपाल याेञ्जनकाे मूर्तिमा माल्यार्पण गरिएकाे थियाे ।