काठमाडौं । आज गोनेङ्ह्या, नेपालका तामाङ समुदायले ज्ञान दिवसका रुपमा मनाउदैछन् ।
गोनेङ्ह्या चाडपर्वहरु मध्येको ज्ञान केन्द्रित चाड हो । यो पर्वमा ज्ञान सिप शिक्षा चेतना र सूचनाहरु सास्कृतिक रुपमा संचार गर्ने गरिन्छ । प्रकृति, जीवन, समाज, संस्कृति, ज्ञान, चेतना र उन्नति प्रगतिमा आएको फेरवदल अनुसार आफु सहित सवै घर परिवारलाई अघि लगाउने तिथीको रुपमा मान्छन् । मन शरीर जीवन घरपरिवार समाज र लोकको लागि ज्ञान चेतना र पुण्य तथा दैवी शक्तिको महत्वबोध गराई सवैलाई सचेत शिक्षित र दिक्षित बनाउने पुञ्य तिथी हो । जानकारहरुका अनुसार आजको दिन अस्तित्व तथा आत्म उदबोध, आफू र आफन्तप्रतिको स्वत्वबोध र आफनो आत्मसम्मानको लागि आफनैखाले मुल्यमान्यता, विश्वास, दृष्टिकोण, धारणा र जीवनदर्शनहरुको तत्वबोध गराउने दिन पनि हो । ज्ञानको अवज्ञानबाट ज्ञानकै ज्ञानकरण, ज्ञानको ज्ञानचित्ताहरुमाथि अवतरण, ज्ञानको गुरु चेलामा स्थान्तरण, ज्ञानको ज्ञानी र लोक चित्तामा लोकोर्पण र ज्ञानको पुस्ता पुस्तामा पुस्तान्तरण हुने महत्वपुर्ण घडी र कडी दुबै हो ।
समग्र ज्ञान, ज्ञानशक्ति शक्तिको साधन, साधनाको सिद्धि र शिद्धिको लोकदीक्षान्त हुने अवसर र उत्सवको रुपमा तामाङ समुदायमा आजको दिनको महत्व रहेको छ । यस दिनबाट सवै किसिमको दोष द्धोश र क्लेशबाट मुक्त भई शुभघडीको ढोका खुली पुण्यशक्ति प्रस्फुटन हुन्छ । पुण्य,शुभ र लाभहरुको पुनित घडाहरु लस्कार लाग्ने घडीको थालनी हुन्छ भन्ने विश्वास छ ।
गोनेङ्ह्या तामाङ शव्द हो । यो गोने र ङ्ह्या दुई भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसको अर्थ गोनेको ङ्ह्या भन्ने हुन्छ । गोने तामाङ सातौ महिनाको नाम हो । यो नेपाली साउन र भदौ महिनाको बीचमा पर्दछ । जसको अर्थ गोने महिनाको ङ्ह्या अर्थात पुर्णिमा भन्ने हुन्छ । गोने शव्दको अर्को नि अर्थ लाग्ने गर्दछ । गोने शव्द गो र ने भन्ने दुइ भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसमा गो भनेको ढोका, संघार, दैलो, द्धार, नाका, दुर्गा, गढि, पीठ, तथा ढाड भन्ने हुन्छ । त्यसरी नै ने भनेको देउ, देउथान, देउरली, मन्दिर, धाम, तीर्थ, भन्ने समेत बुझाउदछ । जसको संयुक्त अर्थ देउताको ढोका भन्ने हुन्छ । त्यसैगरि ङ्ह्या भनेको चाही भनेको चाही पुर्णिमा हो । शुक्लापक्षको प्रतिपर्दाको दिनलाई बुझाउदछ । तामाङहरु यस्ता दिनहरलाई पुण्यतिथीको रुपमा लिइन्छ । यसरी यी टुक्रा टुक्रा शव्दहरुको समुच्च र सम्पुढर्ण अर्थ भनेको देवताको ढोका खुल्ने पुर्णिमा तथा पुण्यतिथी भन्ने हुन्छ ।