काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीको प्रस्ताव गर्नुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएकाे हाे ।
अध्यक्ष दाहालले महासचिवमा देव गुरूङकाे नाम प्रस्ताव गर्नुभएकाे छ ।
त्यस्तै,वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव गर्नुभएकाे छ ।
उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल प्रस्ताव गर्नुभएकाे छ ।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई प्रस्ताव गर्नुभएकाे छ।