कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरीबाट प्रहरीले ३ सय ६० लिटर नक्कली महसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले १८ वटा डिब्बामा भरिएको महसहित चार जनालाई पक्राउ गरेको हो । प्रति डिब्बामा २०/२० लिटर मह भरिएको छ ।
पक्राउ पर्नेमा भारत अम्बेडकरनगर जिल्ला बस्ने वर्ष २४ का मोम्मद सफिक, वर्ष १८ का नुर मोहम्मद, वर्ष ३५ का मोहम्मद नसिम र बर्ष ३८ का नसरुद्दिन अन्सरी रहेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो ।
नेपालीहरु विभिन्न चाड पर्वहरुको समयमा नक्कली मह बनाई बिक्री वितरण गर्ने जोकोहीलाई कारबाही गर्ने प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
यस्ता खाले महले स्वास्थ्यमा असर गर्ने भएकाले सजग रहन उपभोक्ताहरुलाई अनुरोध गर्नुभयो । यस किसिमका ठगीका कृयाकलापहरू बढी मात्रामा हुने भएको हुँदा, सर्वसाधारणहरुलाई सजक तथा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
गाउँ ठाउँमा यस्तो किसिमको ठगी क्रीयाकलप भए जानकारी गर्न प्रहरीले आम नागरिकहरुलाई अनुरोध गरेको छ ।
यता मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद पौडेलले नक्कली मह र मह बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकोले प्रहरीलाई धन्यवाद दिनुभएको छ ।
समाजमा नक्कली आस्वकर मह बेच्नेलाई कानुनी कार्वाही गर्नु पर्न पौडेलले बताउनुभयो । मौरी पालक महासघं कपिलवस्तुले नक्कली मह खरिद नगर्न आम उपभोक्ताहरुलाई अग्रह गरेको छ ।