धर्मराज कठायत
कञ्चनपुर । गौरा पर्वको पावन अवशरमा सुदूरपश्चिम विश्वविद्यालयमा एक दिने विचार गोष्ठिको आयोजना गरिएको छ। विश्वविद्यालय अन्तर्गत भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्र स्थापना भएपछि पहिलो पटक कार्यक्रमको आयोजना गरिएको हो ।
गौरा पर्वको पावन अवशरमा सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रले एक दिने विचार गोष्ठीको आयोजना गरेको हो । बिहीवार विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिषचन्द्र भट्टको अध्यक्षता तथा उपकुलपति प्रा.डा.अम्मराज जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त विचार गोष्ठीमा गौरा संस्कृति सम्बन्धी विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएका थियाे ।
भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रले यस क्षेत्रको भाषा संसकृति सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने र यसको मूल मर्मलाई आम जनसमुदायमा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रा डा अम्मराज जोशीले बताउनुभयो । विश्वविद्यालयको काम ज्ञान दिने मात्र नभई ज्ञानको पुर्नप्राप्ती तथा श्रृजना गर्ने पनी भएकाले गौराको महत्वलाई पुर्नश्रृजना तिर लैजाने यसकार्यक्रमको उद्देश्य रहेको समेत उहाले स्पष्ट पार्नुभयो ।
यसैगरी सुदूरपश्चिम बिश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्दका निर्देशक डा. हरिषचन्द्र भट्टले लोक संस्कृतिको भण्डार रहेको सुदूरपश्चिममा मनाईने गौरा पर्वमा विकृति आउन थालेको हुँदा वास्तविक गौरा के हो र कसरी मनाईन्छ ? भनेर आम जनमानसमा जानकारी दिन यस कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका विज्ञ प्राध्यापक, पदाधिकारी तथा भाषा संकृति सम्बन्धी विज्ञ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम विश्वविद्यालयका प्राध्यापक पिर्तबहादुर विष्टले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रलाई अध्ययन पश्चात पुस्तकको रुपमा प्रस्तुत गरिने समेत आयाेजकले जानकारी दिनुभएको छ ।