धर्मराज कठायत
कञ्चनपुर । कृष्णपुर नगरपालिका २ नयाँ बस्तीमा समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रम अन्तर्गत बाढीमा आधारित कृतिम घटना नमुना अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।
सोमबार निड्स नेपाल कञ्चनपुरको आयोजनामा मर्सिकोरको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा रहेको नयाँ बस्तीमा समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रम अन्तर्गत बाढीमा आधारित कृतिम घटना नमुना अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।
बन्द नदी विपद् व्यवस्थापन समिति गठन गरी सोही अन्तर्गत उक्त कार्यक्रमले समुदायको बाढी उत्थानशीलता मापन गरेको छ, जसमा ४४ ओटा स्रोतहरु रहेका छन् ।
बन्द नदी विपद् व्यवस्थापन समिति अन्तर्गत तीन ओटा टोली गठन गरी तालिम सञ्चालन गरेको र बाढीमा आधारित कृतिम घटना नमुना अभ्यासले बाढी आउँदा कसरी काम गर्नुपर्छ भन्ने अभ्यास सिकाउने कार्यक्रम गरिएको निड्स नेपालद्वारा सञ्चालित समुदायका लागि बाढी उत्थानशीलता मापन परियोजनाका संयोजक नविन भट्टले बताउनुभयो ।
वर्षेनी बाढीका कारण उक्त बस्तीहरुका स्थानियहरु पलाएन हुदै आएका छन् । उक्त क्षेत्रलाई लक्षित गर्दै बाढी आएको समयमा कसरी धनजनको सुरक्षा गर्ने भन्ने विषयलाई मध्यनजर गरी सामुदायीक विपद् व्यवस्थापन समितिसँगै समुदायमा कृत्रिम नमुना अभ्यास गरिएको छ । निड्स नेपालले विगतदेखि नै समाजमा हुने सकारात्मक कार्यहरु गर्दै आएकोमा स्थानीयहरु खुशी देखिनुका साथै निड्स नेपाललाई धन्यवाद व्यक्त गरेका छन्।
तिनै तिरबाट नदीले घेरिएको वडा नम्बर २ मा वर्षेनी बाढीका कारण धनजनको क्षति हुने हुँदा निड्स नेपालले राम्रो सन्देश दिएको प्रति वडाले धन्यवाद व्यक्त गर्दै वडा स्तरीय विपत व्यवस्थापन समूह बनाई आवश्यक सहयोग गर्ने वडा अध्यक्ष अर्जुन सिंह साउँदले बताउनुभएको छ ।
वडा नम्बर २ मा तीन ओटा ठुला नदीले घेरिएको नदी हुँदा हरेक वर्ष बाढीका कारण जनधनको ठुलो क्षति हुदै आएको थियो । पूर्व सूचना नहुनु र उद्वारको ज्ञान नहुनुका कारणले गर्दा बढी धनजनको क्षति हुने गर्दथ्यो । सोही समस्यालाई नियन्त्रण गर्दै बाढी प्रभावित क्षेत्रमा नमुनाको रुपमा निड्स नेपालले काम गरिरहेको छ । उक्त काम बाढी क्षेत्रका लागि अति नै आवश्यक रहेको छ ।