सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भाेलि शुक्रवार गाेलबजारमा हुने जनजागरण अभियानलाई सम्बाेधन गर्ने हुनुभएकाे छ । जिल्ला पार्टी कार्यालय सिरहाका अध्यक्ष चन्देश्वर मण्डलले दिनुभएकाे जानकारी अनुसार अध्यक्ष ओलीले विभिन्न दलका दश हजार नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गराउनुहुने छ ।
नेपाली काँग्रेस,जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको गरी १० हजार विभिन्न तहका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यक्रम रहेकाे उहाँकाे भनाइ छ ।
कार्यक्रम गोलबजार नगरपालिका–८ मा रहेकाे श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको हुने जनाइएकाे छ।
जिल्लाभरबाट करिब ५० हजार नागरिक कार्यक्रममा उपस्थित हुने गरी कार्यक्रमकाे तयारी गरिएकाे जिल्ला अध्यक्ष मण्डलले जानकारी दिनुभएकाे छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज लिलानाथ श्रेष्ठले मधेस प्रदेशको साठी प्रतिशत सिट संघ र प्रदेशमा नेकपा एमाले जित्ने दाबी गर्नुभयो ।
नेता श्रेष्ठले भन्नुभयो,’राष्ट्रवादी र राष्ट्रघाती कितामा मुलुक विभाजित छ । एमाले राष्ट्रवादी किताको नेतृृत्व गरेकोछ भने पाँच दलीय गठबन्धन राष्ट्रघाती कितामा उभिएको छ । जनताले राष्ट्रवादी र समृद्धिको पक्षधर नेकपा एमालेलाई जिताउन मुड बनाइ सकेकोले देशैभरी प्रवेशको लहर जारी छ ।’
पत्रकार समेलनमा सल्लाहकार कमिटीका केन्द्रीय सदस्य धर्मनाथ यादव, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्रराज पोखरेल, प्रदेश कमिटी सदस्य आशा यादव, जिल्ला कमिटी उपाध्यक्ष तथा सिरहा नगरपालिका प्रमुख नबिन कुमार यादव सचिव तथा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव, जिल्ला सहसचिव तथा गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।