फेशबुक यसो खोलेको,आमाहरुको तस्वीरभाग्य खोटो आफ्नो त, पिरमा छ तक्दिरको हुन् आमा, कस्तो हुन्छ माया,थाहा छैनन त उनको तस्वीर, न छ शरिर, तर पनि चाहा छैनभन्छन् उनी त भगवानको प्यारी रे, स्वर्गमा छिन्आमा भनेकै मेरो निम्ति त, ती हजुरआमा थिइन्उनी पनि लागिन् त्यही बाटो तिर, फेरी भैयो अनाथलिला अपरम्पार छ हे दैव, बुझेर बुझी नसक्नु यो जगन्नाथअभावले मन रुन्छ,जब पाउदिन लुट्पुटिन आमाको काखपिडाहरु बाँधेर राखेकी छु, सुनाउन आमा सामु लाखौंलाखआफ्नै सन्तानहरु गुरु भएका छन्,सिक्दै छु आमाको अर्थसयौ पटक मरिन्छ, आमा बिना त जीवन नै व्यर्थकस्तो मोह यो, आमाको माया प्रिती, सायद नपाएर होलासास रहुन्जेल सम्झिरहनेछु, बगिरहने छ आँशुको खोलाहुर्केको आगन नै बिरानो लाग्छ उनी बिना, कहाँ जानु र!आमाको स्थान कसैले ओगट्न सक्दैन, को छान्नु र!लालाबाला बिसन्चो हुँदाको व्याकुलता, कस्ले बुझ्न सक्छ रउनीहरुको मुस्कानमा पाएको अनुकुलता,कहाँ किन्न पाइन्छ रनिस्वार्थ,निश्चल माया त केवल आमाको मात्र, बुझे आफ्नै सन्तानबाटजनावर हुन् या चराचुरुङ्गी,बाच्न सक्दैनन् छुट्टीएर आमाको बासस्थानबाटजनावर हुन् या चराचुरुङ्गी,बाच्न सक्दैनन् छुट्टीएर आमाको बासस्थानबाट!!-रुचि
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५ १४:३६