काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौ क्षेत्र न ४ मा चुनावी तयारी शुरु गरेको छ ।
शनिबार काठमाडौं क्षेत्र न ४ (२) को कपनमा प्रशिक्षण आयोजना गर्दै काठमाडौ क्षेत्र न ४ (२) का बाग्मती प्रदेश सांसद माननीय कुसुमकुमार कार्कीले एकीकृत समाजवादीले चुनावी तयारी सुरु गरेको जानकारी दिनुभयो । आसन्न निर्वाचनमा एकीकृत समाजवादी पार्टीलाई जिताउन विभिन्न चुनावी कमिटीहरु बनाईएको पनि उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत प्रचार प्रसार प्रमुखमा अशोकराज पाण्डे, आर्थिकक व्यवस्थापन शान्तिराम ढुंगाना, मिडिया परिचालन आशिष गुरागाई, युवा परिचालन अजय सुब्बा, महिला परिचालन प्रमिला सापकोटाको संयोजकत्वमा बनाईएको उहाँले जानकारी दिनुभयो । साथै कार्यालय व्यवस्थापन , योजना अनुगमन, सुकुम्बासी क्षेत्र परिचालन, मुल्नयांकन तथा निर्देशन लगायत ३३ वटा निर्वाचन केन्द्रित कमिटीहरु बनाईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो स्थानीय चुनावी एजेण्डा प्रकाशित गर्दै आगामी निर्वाचनमा एकीकृत समाजवादीले पैसाको बलमा नभएर समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई परिचालित गरेर, स्थानीय मुद्दाहरु बोक्दै विचारद्वारा चुनावमा विजय हासिल गर्ने कुरा कार्कीले बताउनुभयो । आगामी निर्वाचन आफ्नो पार्टीले न्यून खर्चमा लड्ने र जनताले खर्चिलो उम्मेदवार बहिस्कार गर्नेकुरामा आफू ढुक्क रहेको पनि नेता कार्कीले बताउनुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले नेपालमा दलाल पुजीवादको प्रभाव बढ्दै गएको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले नेपालमा पुजीवादी प्रभावी दलहरुमा राष्ट्रिय चरित्र नरहेको बताउनुभयो ।दलाल पुजीवादीको प्रभाव कम गर्न आफूहरु निर्वाचन खर्च नियन्त्रण गर्ने अभियानमा रहेको उहाँको भनाइ थियो । साथै उहाले जनताको बिचमा विचार लिएर जान सके मात्र वास्तविक कम्युनिस्ट पार्टी बनाउन सकिनेमा जोड दिनुभयो ।
देश विकासको आधार कृषि भएको र कृषकको उत्पादन बिक्रीको ग्यारेन्टी गरे समाजवादी सपनातर्फ देश एक कदम अगाडि बढ्न सकिने पौडेलले बताउनुभयो । उहाँले नेपालको स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राख्नुभयो ।