काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १० जना नेताले जरिवाना नबुझाएमा उम्मेदवारी खारेज हुने भएको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको थियो। जरिवाना नबुझाउने उम्मेदवारलाई आयोगले आगामी निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको थियो।
यसरी जरिवाना नतिर्नेमा माओवादी र एकीकृत समाजवादीका १० जना नेता परेका छन्। उनीहरू आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार छन्।
आयोगका अनुसार, माओवादीबाट समानुपातिक उम्मेदवार रामलखन उराव, रेखाकुमारी यादव, शान्तिदेवी मण्डल र अमलकुमारी देवी मुखिया छन्।
त्यस्तै, एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार गौरीदेवी थापा, जयन्तीकुमारी सारू मगर, ओमचरण अमात्य, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र ताराकुमारी विश्वकर्मा छन्।
उनीहरू सहित आयोगले जरिवाना नबुझाउने १४५ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ। उनीहरूलाई कात्तिक ५ गतेसम्म जरिवाना बुझाउन समय दिएको छ। त्यतिन्जेल जरिवाना नबुझाएमा उम्मेदवारी खारेज गर्ने आयोगले जनाएको छ।
जरिवाना नबुझाएका उम्मेदवार :