रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देश विकास र जनताका माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।
शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा घरदैलो कार्यक्रमको शुरुवात गर्नुहुँदै उपाध्यक्ष पौडेलले देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि निर्वाचनमा एमालेलाई जिताउन अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दिई निश्चित सङ्ख्यामा घरदैलो अभियानमा सहभागी बनेको पौडेललको भनाइ छ ।
उहाँले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।
उहाँले ‘विकासको मार्गमा अघि बढाउन, जनताका, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि केन्द्रमा नेकपा एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।
उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गर्नुभयो ।