प्रेम यादव
रौतहट । जिल्लाको एक नगरपालिकामा क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३(ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाका समर्थन र कार्यकर्ताहरुले दादागिरी शैलीमा मत माग्दै गरेको स्थानीयहरुले आरोप छ ।
बुधबार (आज) करिब ३ बजे क्षेत्र नं ३ बाट सांसदका लागि उम्मेदवारी दिएका प्रभु साहको मत माग्न उनकी श्रीमति एवम् मौलापुर नगरपालिकाकि नगरप्रमुख रिना साह साथै मेयर प्रेमलाल साह सहित अन्य कार्यकर्ताहरु देवाही गोनाही नगरपालिका ९ स्थित धरहरी पुगेका थिए ।
दुवै मेयर लगायत कुन्दन कुशवाहाको श्रीमती धरहरीकै स्थानीय स्वर्गीय शिक्षक सुनिल यादवको घर पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार प्रभुलाई र कुनै मत दिनुपर्छ भन्दै धम्काएका थिए । चर्क्राचर्की हुदै दुवैपक्ष बीच झपड भयो । झपडको क्रममा ५ जना स्थानीय मतदाता घाइते भएका छन्। घाइते हुनेमा अजय यादव,सानोज यादव,मानिस यादव,रिकेश यादव,रमेश यादव लगायतका व्यक्तिहरु रहेको खुलेको छ।
हत्यारा प्रभु साह मत नदिने भन्दै शिक्षक यादवको श्रीमती र स्थानीय आक्रोसित भए । जसपछि मेयर प्रेम लाल साह र अन्य कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट समेत गरेको स्व शिक्षक यादवको श्रीमतीले भनिन् । शिक्षक सुनिल यादवको परिवारबाट जवाफ पाएपछि मेयर एव वार्ड अध्यक्षको छोरा सहित दर्जनौ मान्छे एकासी घरमा पसी लठी प्रहार गरेका थिए । घटना स्थलमा प्रहरी केवल झारो पुगेको स्थानीयहरुको भनाइ छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल नेकपा एमालेबाट निर्वाचित हुन् तर उनले स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्दै आएको प्रति पार्टीले कार्वाही गर्नुपर्ने स्थानीयको भनाइ छ । पार्टीले रौतहट क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यमा निर्वाचित कुन्दन कुशवाहालाई पार्टीबाट निस्कासित गरेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रभुसाहले नेकपा एमालेसँग अन्तर्घात गर्दै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा सबैमा प्रष्टै छ । यसवर्ष यस्ता हत्याराहरुलाई हामीले बहिष्कार गर्ने स्थानीयहरुको भनाइ छ ।