काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४१ स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।
नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा २-२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४९ निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ ।
बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ४ स्थानको मतगणनामा अगाडी छन् । त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ती एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन् ।
बाँकी ४९ स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन भने बाजुराकाे बुढी नन्दा मतदान केन्द्र स्थगित भएकाे मतदान मंसिर १० गते शनिवारका लागि मतदानकाे मिति निर्धारण गरिएकाे छ ।