काठमाडौं । प्रतिनिधिसभाको हालसम्म सार्वजनिक भएको प्रत्यक्ष तर्फको १५९ क्षेत्रको मत परिणाममा नेपाली कांग्रेसले ५३ सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ भने ३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । दोश्रो दल रहेको नेकपा (एमाले)ले ४१ सिट जितेर २ स्थानमा अग्रता लिएको छ ।
तेश्रो स्थानमा पनि सानो दलको रुपमा खुम्चिएको नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले १७ स्थानमा जितेका छन् भने कुनै पनि क्षेत्रमा अग्रता लिएको छैन । त्यसैगरी प्रत्यक्षमा १० सिट जितेर नेकपा (एकीकृत समाजवादी चौथो दलको हेसियतमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिटमा जितेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारहरुले ५ सिटमा विजय हासिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी बनेका ७ जना नै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न लागेको नयाँ सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीबाट पनि ३ जना नै नयाँ हुन् । त्यसो त जनमत पार्टीका एक मात्र विजयी सांसद पनि नयाँ हुन् ।
यी पार्टीको दाँजोमा परम्परागत दल भनेर चिनिएका अन्य दलहरुले भने नयाँलाई भन्दा पुरानालाई नै बढी प्राथमिकता दिएका छन् । यद्यपी पुरानाको दाँजोमा नयाँले बढी प्रतिशत जित हासिल गरेका छन् ।
यी हुन् नवनिर्वाचित नयाँ अनुहारहरू :
नेपाली कांग्रेस
विश्वप्रकाश शर्मा
सुनिलकुमार शर्मा
दिनेशकुमार यादव
सन्तोष चालिसे
प्रदीप पौडेल
दुर्लभ थापा क्षेत्री
पूर्णबहादुर तामाङ
श्यामकुमार घिमिरे
राजेन्द्र बजगाई
विष्णुकुमार कार्की
योगेश गौचन थकाली
खमबहादुर गर्बुजा
दिक्पालकुमार शाही
ऐनबहादुर शाही ठकुरी
पुष्पबहादुर शाह
डिल्लीराज पन्त
एमाले
महेश बस्नेत
अम्मरबहादुर रायामाझी
मानवीर राई
अच्युतप्रसाद मैनाली
लझ्मी महतो कोइरी
रामशंकर यादव
महेशकुमार बर्तौला
प्रेमबहादुर महर्जन
मनबहादुर गुरुङ
दामोदर पौडेल वैरागी
मंगलप्रसाद गुप्ता
नारायणप्रसाद आचार्य
ठाकुरप्रसाद गैरे
सूर्यबहादुर थापा क्षेत्री
सूर्यप्रसाद ढकाल
वासुदेव घिमिरे
तारा लामा तामाङ
माओवादी
माधव सापकोटा
लेखनाथ दाहाल
पूर्णबहादुर घर्ती मगर
छिरिङ डम्डुल लामा (भोटे)
जसपा
दीपक कार्की
नवलकिशोर साह सुडी
राप्रपा
दीपकबहादुर सिंह
ध्रुबबहादुर प्रधान
धवलशमशेर जबरा
ज्ञानबहादुर शाही
राष्ट्रिय स्वतन्त्र पार्टी
सोबिता गौतम
शिशिर खनाल
गणेश पराजुली
विराजभक्त श्रेष्ठ
तोसिमा कार्की
हरि ढकाल
रवि लामिछाने
नाउपा
न्जिता श्रेष्ठ
अरुणकुमार चौधरी
गंगाराम चौधरी
लोसपा – रामप्रकाश चौधरी
जनमत
चन्द्रकान्त (सीके) राउत
तीन स्वतन्त्र नयाँ
योगेन्द्र मण्डल (जोगी)
किरणकुमार साह
लालविर चौधरी