–बासुदेव सेढाईँ
संघ र प्रदेशको निर्वाचन २०७९ बाट धेरैजसाे नयाँ र युवा पुस्ता निर्वाचित भएसँगै लामो समयदेखि राजनीतिक अस्थिरता र कुशासनबाट आजित नागरिकमा आशा जगाएकाे छ । संघ र प्रदेशमा निर्वाचित राजनीतिक पार्टीका र स्वतन्त्रका नयाँ र युवाहरुबाट जनताले ठूलो आशा र भराेसा गरेका छन् ।
लाेकतन्त्रमा नागरिक सर्वेसर्वा हुन्छन् उनीहरुकाे फैसला महत्त्वपूर्ण हुन्छ त्यसैले अघिल्लो निर्वाचनमा विजयी भएर जनभावना अनुसार काम गर्न नसकेका कतिपय उमेदवारलाई यसपटक नागरिकले प्रतिनिधिसभा र प्रदेशसभामा जानबाट राेके । नेपाल जस्तो गरिबी, बेरोजगारी, अशिक्षा र अज्ञानतामा पिल्सिएकाे देशमा जनमतलाई प्रभावित बनाएर एकाध ठाउँमा जित्नु पर्नेले हार्ने र हार्नुपर्नेले जितेपनि हाेलान् तर जनता जनार्दन हुने भएकाले यसलाई सहज रूपमा लिनुपर्छ ।
खुशीकाे कुरा त के छ भने यसपटक आमनागरिकले समग्रमा विवेककाे मत प्रयोग गरेरका छन् जसको कारणले आम जनतामा उत्साह ल्यायकाे छ । शिक्षा, स्वास्थ्य र राेजगारीकाे जिम्मेवारी राज्यले लिनुपर्छ । याे प्रत्येक नागरिकको माैलिक अधिकार हाे ।
देशको शासन व्यवस्था बदलेर जनतालाई सर्वाधिकार सम्पन्न बनाउने कुरामा महत्त्वपूर्ण भूमिका खेलेका अग्रज नेताहरूले अब जनताको अवस्था परिवर्तनका लागि युवा पुस्तालाई जिम्मेवारी सुम्पिएर सल्लाहकार र सहयोगीकाे भूमिकामा बस्नुपर्छ, किनभने देशको विकास सम्मृद्धिकाे याेजना युवाहरुसँग छ । नमरुन्जेल कुर्सीमा बस्ने आकांक्षा राम्रो हाेईन । राजनीतिक नेतृत्वले नयाँ नेतृत्व तयार गरेर जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ ।
देश विदेश घुमेर, अध्यान गरेर उनीहरुले देशको विकासको विज्ञता हासिल गरेका छन् । नयाँ साेच विचार, नयाँ प्रविधि, जाेश जाँगरले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । देशका लागि याेगदान गर्छु भन्नेलाई अवसर दिनुपर्छ । विकास र सम्मृद्धिकाे अवरोधक वाधक बन्नु हुँदैन ।
निर्वाचनमा जुन आशा, विश्वास र भराेषा गरेर जनताले युवाहरुलाई अगाडि ल्याए। उनीहरुलाई राज्य सञ्चालनकाे जिम्मेवारी देऔँ, जनमतलाई उपेक्षा नगराैँ ,जनतालाई निराश नबनाऔँ ।