काठमाडौं । हेम–हेम सरिता पाठक फाउण्डेसनले विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । फाउण्डेशनले आज (सोमवार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ती विभिन्न विद्याका पुरस्कार वितरण गरेको हो ।
फाउण्डेशनले एक हजार डलर राशीको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगित पुरस्कारबाट गायक नविन पौडेललाई सम्मानित गरेको छ ।
गायक पौडेलले यसअघि राष्ट्रपतिबाट जनसेवाश्री मानपदवी प्राप्त गरिसकेका छन् । यसका साथै उनले राष्टपतिबाट नेपाल प्रविण मानपदवी प्राप्त गरेका छन् । पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट पचास हजार नगद राशिसहित प्रादेशिक प्रतिभा पुरस्कार पनि प्राप्त गरेका छन् ।
त्यस्तै, बाग्मती प्रदेश सरकारबा कलाकृति मानपदवी पनि उनले प्राप्त गरेका छन् । यस्तै, तीस हजार नगदसहित नुरगंगा प्रतिभा पनि उनले प्राप्त गरेका छन् । गायक पौडेलले हिमालयन म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, बिन्धवासिनी म्युजिक अवार्ड, क्यापिटल म्युजिक अवार्ड र म्युजिक खबर सांगितिक सम्मानसमेत प्राप्त गरेका छन् ।
सो कार्यक्रममा दुई हजार डलर राशीको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख तथा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गरेको हो । यसका साथै एक हजार डलर राशीसहितको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि मनोज विश्वकर्माले पाएका छन् ।
फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य,बरिष्ठ राजनीतिक दिनानाथ शर्मालगायतले फाउण्डेशनले भ्रष्टाचारविरुद्ध चलाएको अभियानलाई नेपाल सरकारकाले साथ दिनुपर्ने बताए ।