सुर्खेत । नेपाल ज्योतिष परिषद् सुर्खेतको नयाँ कार्यसमिति अध्यक्षमा ज्योतिष पण्डित यामप्रसाद अधिकारी चयन हुनुभएको छ । परिषद् जिल्ला कार्यसमिति सुर्खेतको सम्पन्न दोस्रो अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकास पौडेल, उपाध्यक्षमा शोभाखर अधिकारी, सचिवमा खगेन्द्र अधिकारी, सहसचिवमा आनन्द खनाल र कोषाध्यक्षमा हरिशङ्कर उपाध्याय चयन हुनुभएको छ ।
सदस्यहरुमा थानेश्वर रिजाल, टीकाराम लामिछाने, मणिराम अधिकारी, राधिका उपाध्याय, नारायण पोखरेल र रत्नप्रसाद उपाध्याय चयन हुनुभएको छ । बाँकी सदस्यहरु पछि मनोनित गरिने छ । नवनिर्वाचित कार्यसमितिले पुस २४ गते नेपाल ज्योतिष परिषद्को रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
अधिवेशनमा बोल्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य विकास पौडेलले ज्योतिष विद्याको प्रचारप्रसार प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले ज्योतिष विद्याको प्रयोगलाई प्रविधिसँग जोड्न सके यस क्षेत्रको विकास हुने बताउनुभयो ।
नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा गौरीशङ्कर शर्माले मानव जीवनलाई सुसंस्कृत, सभ्य, अनुशासित र नैतिकवान् बनाउन वैदिक ज्ञान आवश्यक भएको बताउनुभयो ।