काठमाडौं । शनिबार सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको निर्वाचनबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । सर्वोच्च बारको ३४ औँ कार्यसमिति निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका निरौला निर्वाचित भएका हुन् ।
त्यसैगरी, उपाध्यक्षमा पनि सोही समूहका अधिवक्ता जगदीशचन्द्र पाण्डे निर्वाचित भएका छन् । प्रगतीशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्याम कुमार खत्री सचिवमा निर्वाचित भएका छन् भने सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पीएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा पीएलएको तर्फबाट अधिवक्ता सिर्जना कँडेल निर्वाचित भएकी छन् ।
सदस्य पदमा अधिवक्ताहरू उत्तमराज पाठक, अनुपराज उप्रेती, रेशमराज रेग्मी, रूपनारायण श्रेष्ठ, प्रभुजी पन्त, देवी रेग्मी (पोखरेल), सुमनकुमार केसी, रामकुमार राउत (मातृदास), भीमप्रसाद ढकाल निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमा तीनजना डीलएबाट र दुईजना पीएलएबाट निर्वाचित भएका छन् । सदस्यमा ६ जना डीलएबाट र चारजना पीलएबाट निर्वाचित भएका छन् ।
डीएलएका बरिष्ठ केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार सर्वोच्च बारको कार्यसमिति चयनको निर्वाचनमा ६२१ जना मतदाता रहेकोमा २६१ जना बरिष्ठ अधिवक्ता रहेका छन् भने अरु अधिवक्ता मतदाता रहेका छन् ।
सूचीमा हेर्नुहोस् को–को निर्वाचित भए :