काठमाडौं । सत्तासाझेदार दलबीच सत्ता सहकार्यलाई बलियो बनाएर जाने समझदारी भएको छ । सानातिना मतभेदलाई अन्त्य गर्दै सत्तारूढबीचको सहकार्य मजबुत बनाएर अगाडि बढ्ने सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस’दयगत छलफल भएको छ । अगामी राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दलबीच असमझदारी बढ्दै गएपछि सत्तारूढ दलबीच सरकार गठनअघिको सम्झौता कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले सरकार गठनअघि भएको सहमति नै निरन्तरता दिने सहमति भएको बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
‘अहिलेसम्म सरकारले गरेका कामकारबाही र आपसी समन्वलगायत कहाँ के कमी कमजोरी रहे भन्ने विषयमा समीक्षा भयो । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ,’ लिङदेनले भने, ‘यसप्रकारको भेटघाट कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमतिमा अहिले पनि सत्तासाझेदार दलहरूमा विमति छैन ।’
अध्यक्ष लिङ्देनले राष्ट्रपति’दयगत गठबन्धनमा मतभेद नरहेको दाबी गर्दै बैठकमा नयाँ राष्ट्रपति’दयगत कुराकानी नभएको बताए । ‘बाहिर आइराखेका कुरा भ्रमपूर्ण छन् । हामीले यो सरकार निर्माणका क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा सत्तासाझेदार दलमा कुनै विमति छैन । सहमतिमा परिवर्तन गर्नुपर्यो भने त्यो छलफलबाटै हुन्छ । अहिले त्यस्तो सम्भावना छैन’ उनले भने ।
सरकार गठनअघि भएको सहमतिअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई प्रधानमन्त्री र उपराष्ट्रपति हुने सहमति भएको थियो । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भागमा राष्ट्रपति र सभामुख परेको थियो । सहमतिअनुसार प्रधानमन्त्री र सभामुखको चयन भइसकेको छ । संघदेखि प्रदेशसम्म भएको सहमतिअनुसार सत्तारूढ गठबन्धन अगाडि बढेको छ ।
तर, अब हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनअघि एमाले र माओवादी केन्द्रबीच मतभेद रहेको छ । सहमतिअनुसार माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेलाई समर्थन गर्नुपर्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।
एमाले अध्यक्ष एवं उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओली सरकार गठनअघि भएको सहमति कार्यान्वयन गर्दै सत्तारूढ गठबन्धनलाई बलियो बनाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिइसकेपछि राजनीतिक सहमति परिवर्तन भएको भन्दै राष्ट्रपतिको चयन सहमतिमै हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
यसैगरी, संयन्त्रको बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउने’दयगत पनि छलफल भएको छ । ‘रास्वपालाई पुनः सरकारमा ल्याउने’दयगत छलफल भइराखेको छ । यस विषयमा बैठकमा कुराकानी भयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ । त्यसमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ,’ बैठकपछि लिङदेनले भने ।
सत्तारूढ गठबन्धनको बैठक नियमित बस्ने र छलफल तथा भेटघाटलाई निरन्तरता दिने’दयगत समेत नेताबीच समझदारी भएको छ । नियमित बैठक बस्न नसक्दा कतिपय विषयमा असमझदारी बढ्ने भएकाले बैठक नियमित बस्ने निष्कर्ष छ ।
संयन्त्रको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष लिङदेनको सहभागिता रहेको थियो । सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सहभागिता थिएन ।