–दिपा शर्मा
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकोे ७ वर्षे कार्यकाल फागुन २८ मा सकिँदैछ । यता नयाँ निर्वाचनको मिति फागुन २५ का लागि तय भइसकेको छ । संविधानले राष्ट्रपतिमा दुई कार्यकालको सीमा तोकेका कारण भण्डारी फेरि दोहोरिने सम्भावना छैन । अबको राष्ट्रपति को बन्ला भन्ने कौतुलता राजनीतिक वृतदेखि आम जनमानससम्म रहदै आएको छ । यसै बीच सत्ता साझेदार दलहरुले पनि आ–आफ्नै अड्रकल बाजी गर्दै आएका छन । विभिन्न दलका नेताले राष्ट्रपति राजनीतिक व्यक्तित्व नै हुनु पर्ने जिकिर गर्नुका साथै सत्तारुढ गठबन्धन भित्रैबाट पनि राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावी राष्ट्रपति सबैलाई मान्य हुने साझा व्यक्ति चाहिने भन्दै त्यसका लागि माहोल बनाउन पार्टी पंक्तिलाई अपिल गर्नु भएको छ । केही राजनीतिक तथा गैरराजनैतिक व्यक्तित्वहरु जसलाई राष्ट्रपतिको सम्भावित दाबेदारका रुपमा हेर्न सकिन्छ । रामचन्द्र पौडेल, सुवाशचन्द्र नेम्वाङ, महन्थ ठाकुर, बाबुराम भट्टराई, अनुराधा कोइराला, प्राडा लोकराज बराल, कल्याण श्रेष्ठ आदि ।
रामचन्द्र पौडेल
रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका वरिष्ठ नेता हुनुहुन्छ । उहाँ तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी हुनु भएको थियो । उहाँले शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालि सक्नुभएको छ । इमान्दार तथा स्वच्छ छविको नेता मानिनु भएका पौडेल पार्टीमा विवादरहित नेताको रुपमा मानिनुहुन्छ । नेपाली काङ्ग्रेसमा अलग समूह र पार्टी फुटाउने परिपाटी चलिरहेको बेला उहाँ त्यतातिर नलागि आफ्नो पार्टीको प्रतिरक्षामा लागि रहनुभयो । निष्ठावान नेताको रुपमा परिचित भए तापनि उहाँमाथि राजनैतिक निर्णयमा पारिवारिक दबाबबाट माथि उठ्न नसकेको आरोप छ । यदाकदा आफ्ना कार्यकर्ताहरुको पक्षमा नउभिएको तथा सांगठनिक कार्यमा ज्यादै कमजोर हुनका साथै सत्ता र पद प्राप्तिको लोभले अलमलमा परेको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा पौडेलले गर्नुभएको राष्ट्रपतिको दाबी कत्तिको सफल होला त ? अर्थात नेपाली कांग्रेसले उहाँलाई राष्ट्रपतिको उम्मेदवार उठाएको खण्डमा सत्तारुढ माओवादी केन्द्रलगायत अरु दलहरुले समर्थन गर्लान् त भन्ने आम प्रश्न रहेको देखिन्छ ।
सुवाशचन्द्र नेम्वाङ
२०७२ सालको संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सुवाशचन्द्र नेम्वाङ २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं.२ बाट निर्वाचित भै संविधान सभाको अध्यक्ष भइसक्नु भएको छ । उहाँ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो । यसैगरी दुई पटक प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ । नेकपा(एमाले)का तर्फबाट संविधानसभाका अध्यक्ष एवं विघटित प्रतिनिधिसभाका सांसद सुवासचन्द्र नेम्बाङ कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिनु हुन्छ । इमान्दार, मृदुभाषी नेताका रुपमा परिचित सुवासचन्द्र नेम्वाङलाइ विपक्ष दलका नेताले पनि आदर सम्मान गरेको पाइन्छ । नेकपा एमालेको कानुन विभाग प्रमुख समेत रहनु भएका नेम्वाङ स्वच्छ छवि, विवाद रहित शालीन नेताको रुपमा परिचित हुनुहुन्छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा धर्मनिरपेक्षता कायम गर्न अहम् भूमिका खेल्नुभएका नेम्वाङलाई गणतन्त्र घोषणा गर्न पनि मूख्य भूमिका खेलेको भनिएको छ । उहाँले हाल कतैबाट पनि राष्ट्रपतिको पदको दाबी गर्नुभएको देखिएको छैन तर एमालेले राष्ट्रपतिको उम्मेदवार उठाएको खण्डमा पहिलो प्राथमिकता उहाँकै देखिएको छ । पार्टीभित्र अप्रत्यक्ष रुपमा गुटको नेतृत्व गरेको आरोप खेप्नुभएको नेम्वाङलाई माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा आवद्ध दलहरुको साथ भएका राष्ट्रपति बन्ने करिब पक्का जस्तै देखिएको छ ।
महन्थ ठाकुर
कुनै बेला नेपाली काग्रेंसका नेता रहनुभएका महन्थ ठाकुर अहिले लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा जनकपुरबाट सुरु भएको थियो । नेपाली काग्रेंसको तर्फबाट राष्ट्रियसभाको उपसभामुख साथै बिज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । जीवनको लामो समय नेपाली राजनीतिमा बिताउनु भएका नेता ठाकुर मधेशी समुदायमा लोकप्रिय हुनुहुन्छ । मधेशको मुद्दाबाट टाढा हुन नसकेको, मधेश केन्द्रित मात्र रहेको आरोप उहाँमा छ । राष्ट्रिय एकताको प्रतीक मानिने राष्ट्रपतिले मुलुकलाई अभिभावकत्व प्रधान गर्ने जिम्मेवारी बहन गर्न सक्षम हुनुपर्छ तर तराई केन्द्रित रहेर क्षेत्रीय राजनीति गर्नु भएका ठाकुरले समग्र देशको जिम्मेवारी बहन गर्न सक्षम हुनु होला त यो प्रश्नको विषय रहेको छ । एकथरी राजनीतिक विश्लेषकको भनाइ अनुसार ठाकुरमा शहनशीलता र धैर्यको राजनीति गर्ने क्षमता प्रचुरमात्रामा भएकाले राष्ट्रपतिको पदको मर्यादा कायम गर्न सक्षम हुनुहुने छ । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव मधेशी समुदायबाट नै निर्वाचित हुनुभएको र उहाँले देशको पक्षमा गर्नुभएको कार्य र कायम गर्नुभएको मर्यादालाई पनि ख्याल गरी यसपटक ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा सत्तागठबन्धनको सामुहिक वा राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने सम्भावना पनि उत्तिकै देखिएको छ । तर नेपाली कांग्रेसले उहाँलाई अस्वीकार ग¥यो भने राष्ट्रपति हुने ठाकुरको चाहना पनि खेर जाने निश्चितप्रायः देखिएको छ ।
बाबुराम भट्टराई
बाबुराम भट्टराई नयाँ शक्ति पार्टीका संस्थापक अध्यक्ष हुनुहुन्छ । कुनै समय एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । बाबुराम भट्टराई समकालिन नेपाली राजनीतिकर्मीहरुका माझ क्षमता भएका नेतामा गनिनु हुन्छ । अब्बल पढाई, दृढ चाहना र अर्थमन्त्री हुँदा देखाएका संकेतहरुका कारण उहाँबाट मानिसहरु धैरै आशावादी छन । नेपालको ३५औ प्रधानमन्त्री बन्नु भएको बेला भट्टराईले जनतासँग प्रधानमन्त्री, सडक विस्तार, जनताको घरमा प्रधानमन्त्री, बिप्पा सम्झौता जस्ता कार्यले जनमानसमा रामो« प्रभाव पार्न सफल हुनुभएको छ । २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा उहाँ चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत बस्नु भएको थियो । १०बर्षे जनयूद्धले निम्त्याएको जनधनको विनासलाई अझै पनि नेपाली जनताले भुलेका छैनन । यस्तो अवस्थामा उहाँ सर्वसम्मत स्विकार्य राष्ट्रपति बन्नु होला त भन्ने जिज्ञासा कायम नै छ । गत निर्वाचनमा भट्टराईले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि छोडिदिनुभएको थियो । र दाहालले अत्यधिक मतका साथ जित हासिल गर्नुभएको थियो । भट्टराई निर्वाचनमा नउठ्नुको कारण भावि राष्ट्रपतिका लागि त होइन भनेर धेरै सचेत नागरिकले आशंका पनि गरेका थिए । निकट विगतको माओवादी केन्द्र र भट्टराईको राजनीतिक भूमिका हेर्दा माओवादी केन्द्रले हरसम्भव उहाँलाई राष्ट्रपति बनाउने प्रयास हुने नै देखिएको छ ।
अनुराधा कोइराला
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुनुहुन्छ । २०७४ माघ देखी २०७६ कार्तिक सम्म वाग्मती प्रदेश प्रमुखको कार्यभार सम्हालि सक्नु भएको छ । बिभिन्न अन्तराष्ट्रिय पुरस्कारबाट बिभूषित उहाँले २०१० को सिएनएन हिरो को उपाधि पनि पाउनु भएको थियो । उहाँले माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका धेरै चेलीबेटीको उद्वार गर्नु भएको छ । खासगरी भारतीय कोठीहरूमा बेचिएर नरकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुर्नस्थापनामा यो संस्था कृयाशील रहेको छ । सामाजिक क्षेत्रमा लामो समय व्यतित गर्नु भएता पनि व्यवाहारिक तवरले लामो राजनैतिक अभ्यास नभएकाले राष्ट्रपति जस्तो गहन जिम्मेवारी बाकेको पद भार गर्न सक्नु होला त भन्ने कौतुहलता सबैमा छ ।
प्राडा लोकराज बराल
प्रा डा लोकराज बराल राजनीतिशास्त्रका प्राध्यापक,नेपालका लागि भारतका पूर्व राजदूत तथा लेखक हुनुहुन्छ । विद्धान तथा प्रखर वक्ता कहलिनु भएका उहाँमा कुटनैतिक ज्ञान प्रशस्त मात्रमा छ । नेपाली काङ्ग्रेसका अघोषित सर्मथक डा बरालसगँ राजनैतिक अभ्यासको व्यवहारिक अनुभव भने छैन ।
कल्याण श्रेष्ठ
कल्याण श्रेष्ठ सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुनुहुन्छ ।पढाइमा अब्बल, विभिन्न राष्ट्रिय पुरस्कारबाट बिभूषित, कानूनका ज्ञाता भएता पनि उहाँमा राजनैतिक क्षेत्रको अनुभब छैन । २०७२÷०३÷२३ देखि २०७२÷१२÷३० गते नौ महिनासम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रहँदा उहाँले केही विवादास्पद एवम् शङ्कास्पद फैसला गरेको आरोप छ । ज्यादा साम्प्रदायिक चरित्रका भनेर उहाँलाइ यदाकदा आफ्नै सहकर्मीबाट पनि आरोप लाग्ने गर्दछ । यस्तो अवस्थामा उहाँ राष्ट्रपतिको दाबेदार बन्नु होला त बन्ने प्रश्न उब्जिएको छ ।
नेपालको संविधानको भाग ६ धारा ६१ (२) अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने साथै निजले संविधान र संघीय कानून बमोजिम आफ्नो र्काय सम्पादन गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति भनेको राष्ट्रको अभिभावक, संरक्षणकर्ता, प्रेरक व्यक्तित्व मानिन्छ । संबैधानिक राष्ट्रपतिले संविधानको मर्म अनुसार काम गर्नु पर्नेमा त्यस्तो नभई आफ्ना दलका नेताको इसारा केन्द्रित भएर निर्णय गरेको पाइन्छ । लोकतन्त्रले विकासको बाटो पहिलाउन न्यूनतम संस्कार र संस्थागत परिपाटीमा विश्वासका साथ अभ्यास नगरुन्जेल लोकतन्त्रको प्रतिरक्षा हुदैन । राष्ट्रपतिमा राष्ट्रिय एकताको प्रवद्धधन गर्ने जिम्मेवारी भएको हुनाले कुनै पनि राजनीतिक पार्टीेद्धारा मनोनित नभएमा अझ तटस्थ भूमिका निर्वाह गर्न सक्ने परिकल्पना गर्न सकिन्छ । मानिसमा राजनीतिक झुकाव हुनु स्वभाविक भएता पनि कुनै दल विशेषको पक्षमा नहुनु फलदायी हुने अपेक्षा गरिएको छ ।