काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतबीच सम्बन्ध सुधार भएको छ । मेयर साहले बुधबार भक्तपुरको गुण्डु पुगेर पूर्व मन्ज्त्री बस्तेतसँग भेटवार्ता गरी सम्बन्ध सुधारेका हुन् ।
महानगरले काठमाडौंका विभिन्न ठाउँमा जथाभावी डोर चलाउन थालेपछि पूर्व मन्त्री बस्नेतले आलोचना गर्न दुई जनाबीचको सम्बन्ध बिग्रिएको थियो । दआफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका साह र बस्नेतबीच विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ। nबस्नेतले साहसँग आगामी दिनमा विकासका एजेन्डामा मिलेर काम गर्दै जाने समझदारी भएको जानकारी दिए।
बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए। ‘अब हामीबीच असमझदारी सकिएको छु, बस्नेतले भने, असमझदारी हटाएर सहकार्य गरेर जाने कुरा भयो। मेरो गुण्डु घरमा आएपछि सँगै खाना खाएर बिदा गरेँ।
साहले त्यसक्रममा सकारात्मक काममा सह्योग र सहकार्य गर्न आफू सदैव तयार रहेको बताएका थिए।
यसअघि २०७८ भदौ १९ मा एमाले सांसद रहेका बस्नेतले काठमाडौँ महानगरका मेयर साहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका थिए।
उनले त्यसबेला डोजर चलाएर मेयर साहले जनतालाई दुःख दिएको आरोप पनि लगाएका थिए।
‘जनतालाई दुःख दिने काम नगरौँ भन्ने मेरो आग्रह हो, गर्नुहुन्छ भने त मेरो के लाग्छ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु। भक्तपुर गएर सिक्नुस्,’ बस्नेतले रिपोर्टर्स क्लबमा भनेका थिए, ‘नक्सापास नभएको भन्ने आधारमा डोजर चलाउन पाइँदैन।’
नक्सापासको अवधारणा भूकम्पपछि मात्र आएको उनको दाबी थियो। ‘उपत्यकाका १८ जना मेयरले नक्सा पास नभएका सबै घर डोजर लगाएर भत्काउने हो भने उपत्यका बस्नलायक रहँदैन,’ उनले भनेका थिए। त्यसयता लामो समय बस्नेतले साहको आलोचनामा आफूलाई उतार्दै आएका थिए। साहले चलाएको डोजर अभियानविरुद्ध खरो उत्रिएका बस्नेतले गत मंसिर ४ को चुनाव पनि हारे।
कांग्रेस नेता दुर्लभ थापासँग उनको पराजयको एक कारण बालेनको आलोचनालाई पनि भनिएको थियो। बालेनको आलोचनाकै कारण उनलाई युवा पुस्ताले भोट नदिएको बताइएको थियो।
तर अहिले आएर दुवैजना सम्बन्ध सुधारमा सक्रिय भएका हुन्। बस्नेतले आफ्नो चुनाव क्षेत्रसहित भक्तपुरमा सडकसहितका पूर्वाधारमा नमूना काम गरेको भन्दै प्रशंसा हुने गरेको छ। यस्तोमा मेयर शाह उनकै घर पुगेर त्यहाँको विकास निर्माणको पनि अवलोकन गरेका हुन्।