काठमाडौं । उपराष्ट्रपति पदमको लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दिएका छन् । जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादी र नेकपा एसका नेताहरुसँग पुगेका रामसहाय यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् । समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी बसेका छन् ।
प्रमिला यादवको प्रस्तावकमा प्रमिला यादवको प्रस्तावक मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् ।
सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् ।