–टंक पन्त
गुल्मी (बलेटक्सार) । छत्रकोट गाउंपाालिका श्रृंगा पिपलनेटामा हालै सम्पन्न भएको दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविरबाट १ हजार २ सय भन्दा बढीले सेवा पाएका छन् ।
छत्रकोट गाउंपालिका, ग्रीनसिटी अस्पताल र रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको आयोजनामा भएको निस्शुल्क स्वास्थ्य शिविरमा पाठेघर, मृगौला, हाडजोर्नी, नाककानघाटी, आखा, दँंत, ग्याष्ट्रो, छाती, छाला, सुगर प्रेसर लगायतका रोग संबन्धी उपचारका लागि बरिष्ठ चिकित्सकहरु डा रोमियो कंशाकार, डा प्रकाश पौडेल, डा रुपा झा, डा सुन्दर ढुंगाना, डा सचिन्द्र जोशी, डा अनुपा कार्की, डा ओएसिस निरौला, डा देबराज कण्डेल, अभिमन्यु रौनियार एवं सिनियर नर्ससहित अस्पतालका अन्य स्टाफहरुले बिशेष भुमिका निर्बाह गरेका थिए ।
अस्पतालका अध्यक्ष एवं रोटरी क्लब अफ काठमाडौ डाउनटाउका अध्यक्ष लोकबहादुर टण्डनको नेतृुत्वमा भएको स्वास्थ्य शिविरमा माइनर र जेनरल अप्रेशन समेत गर्ने गरी औषधि सहित आबश्यक इक्युमेण्टको पनि ब्यबस्था गरिएकोले स्थानीयले ठुलो राहत महसुस गरेका थिए । सो स्वास्थ्य शिविरमा आएका डेढ दर्जन बढीको मेजर अप्रेशन गर्नुपर्ने रोग देखिएकोले उनीहरुलाई गाउंपालिकाको सिफरिश सहित काठमाडौ जान चिकित्सकहरुले सिफारिस गरेका छन् ।
चिकित्सकहरुले स्वास्थ्य शिविरमा रिफर गरेका बिरामीहरुलाई काठमाडौ सम्म जाने खर्च गाउंपालिकाले ब्यहोर्ने र काठमाडौमा अप्रेशन देखि सम्पुर्ण उपचार खर्च ग्रीनसिटी अस्पताल र रोटरी क्लब अफ काठमाडौले ब्योहोर्ने गरी सहमति भएको र सोही अनुसारको जानकारी बिरामीलाई पनि गराइएको छ ।
छत्रकोट गाउंपालिका, रुरु गाउपालिका सत्यवती गाउंपालिका, गुल्मी दरवार गाउं पालिका, रेसुंगा गाउंपालिका एवं अन्य छिेमेकी गाउंपालिकाका स्थानीय नागरिकहरु बिहान ४ बजे उठेर उपचार गर्न श्रृंगा पिपलनेटामा पुगेका थिए । उपचार गर्न आउने १२ सय मध्ये ७५ प्रतिशत महिला थिए । गाउंमा पुरुषको संख्या कम भएको र त्यसमा पनि युवा अत्यन्त न्यून भएकोले पनि बृद्धबृद्धाको संख्या बढी थियो । हात गोडा ढाड दुख्ने, ज्यान दुख्ने, सुगर प्रेसर, पाठेघरको समस्या, सेतोपानी बग्ने, हात खुटा सुनिने, मृगौला, ग्याष्टिक आदिको समस्याबाट ग्रस्त बिरामीहरुको संख्या निकै थियो ।
स्थानीय हेल्थ पोष्टले यहां हुदैन काठमाडौ वा बुटवल जान रिफर गरेका बिरामीहरु बर्षोै देखि आर्थिक अभाबका कारण जिल्ला छोड्न सकेका थिएनन । जब काठमाडौबाट गुल्मी आएका प्रतिष्ठित चिकित्सकहरु समक्ष उपचार गराएर निशुल्क औषधि पाउंदा घरमै भगवान आएको जस्तो भयो भन्दै स्थानीयले निकै खुशी ब्यक्त गरेका थिए । ७५ बर्षिया धनमाया कार्की ५२ बर्षीया राम बिक, सीता बिक, मीना बिक, सरिता बिक, डीला कण्डेल, गोमा कण्डेल सीता टण्डन, मैना टण्डन सहति थुप्रै बिरामीले स्वास्थ्य शिविरका नाममा गाउंमा आउने फोटो खिच्ने, उपचार गर्ने भन्दा बढी भाषण, आसन र प्रचार गर्ने प्रबृत्ति बिगतमा देखिने गरेको देखिन्थ्यो तर यस पटक चिकित्सकहरु नै त्यसको बिपक्षमा देखिएकोले पनि धेरै्रले उपचार पाउन सफल भएको स्थानीयको भनाई थियो ।
छत्रकोट गाउंपालिका अध्यक्ष एवं युवा नेता रामप्रसाद पाण्डेले दुई दिने निशुल्क स्वास्थ्य शिविर केबल शिविरका लागि मात्र नभई निकै उपलब्धिमुलक भएको बताउनुभएको छ । काठमाडौबाट बरिष्ठ चिकित्सकहरु, नर्सहरु एवं प्रशासन प्रमुख मनिष दवाडी सहित अन्य जिम्मेवार स्टाफहरु समेतको सक्रिय सहभागितालाई गुल्मी जिल्लाबासीले सम्मानको रुपमा लिएको अध्यक्ष पाण्डेले उल्लेख गर्नुभएको छ ।
७५ बर्षको उमेर सम्म पनि काठमाडौ जान नपाए पनि काठमाडौबाट आएका बरिष्ठ चिकित्सकहरुबाट उपचार गराउन पाउंदा खुशीले गद्गद् भएकी सरिता बिश्वकर्मा भन्छिन्– निकै ठुला डाक्टर हुन् रे जे समस्या भएपनि ठीक हुन्छ भनेर औषधि दिनुभएको छ जसले गर्दा धेरै दुख नपाई मर्न सकिन्छ भन्ने आशा पो पलाएको छ ।
चार छाराछोरीकी आमा ३० बर्षिया मीना बिक भन्छिन – दुई जुम्ल्याहा छोरी , दुई जुम्ल्याहा छोरी र छोरा सहित हामी ६ जनाको परिवार छ तर श्रीमान भने कामका लागि बिदेश हुनुहुन्छ , छोरोछोरीलाई पढाउन र छोराछोरी बिरामी हुंदा उपचार गर्न बल्लतल्ल श्रीमानले पठाएको खर्चबाट चल्छ अन्य खर्च गर्ने कुरा त सोच्न पनि सकिन्न त्यसैले पनि सात बर्ष देखि आफ्नो शरीरमा पत्थर रहेको र सो पत्थर हटाउन काठमाडौमा गएर अप्रेशन गर्नुपर्छ भनी हेल्थपोष्टका डाक्टरले भन्नुभएको थियो तर त्यो कुरा श्रीमानलाई थप पीडा कति दिनुभनेर भन्न पनि सकेकी छैन थिइन् ।
मीना भावुक हुदै अगाडि थप्छिन –आज स्वास्थ्य शिविरमा डाक्टरलाई देखाएपछि निशुल्क उपचार गरिदिउंला काठमाडौ आउनु है भन्नुभएपछि बल्ल खुशी हुदै श्रीमानलाई फोन गरें र उहांले पनि किन अहिले सम्म नभनेको भनी प्रश्न गर्देै नानी बाबुलाई त्यहां कतै आफन्तको हेर्ने ब्यबस्था गरेर तुरुन्तै उपचार गर्न काठमाडौ जानु भन्नु भएको छ, सात बर्ष देखि दुखाई सहेर पालेको रोग हटाउन काठमाडौं जाने भएपछि नयां जीवन पाउने भएं भन्ने भएको छ यो, स्वास्थ्य शिवर मेरो भाग्यले आएको जस्तो लागेको छ ।
औषधिसहित निशुल्क उपचार पाउने १२ सय मध्ये सात जनाको माइनर अप्रेशन बरिष्ठ चिकित्सक डा रोमियो कंशाकारले गर्नुभएको थियो भने डा रुपा झाले गाइनो संबन्धी केहीको अप्रेशन गर्नुभएको थियो । चिकित्सक, औषधि सहित सबै ब्यबस्थापनका लागि लगानी गर्न परेको भए करीव डेढ करोड बरावर खर्च लाग्ने थियो तर आफुहरुले ब्यबस्थापन गरेको अध्यक्ष टण्डनले जानकारी गराउनुभएको छ ।
स्वास्थ्य शिविरमा लायन्स क्लब गुल्मीले पनि केही सहयोग गरेको थियो तर दुई दिने स्वास्थ्य शिविरमा सामान्य सहयोग गरेको नाममा स्वास्थ्य शिविरमा अनुहार नै नदेखाएका पनि सम्मान थाप्न र आशन ग्रहणका लागि शिविरमा पुगेको कुरा निकै चर्चाको बिषय भएको थियो । शिविर अबधिभर देखा नै नपर्ने तर समापनमा सम्मान र आशनका लागि आउने कस्तो प्रबृत्ति हो भनी प्रश्न गर्दा एक जना लायन्सकै एक जिम्मेवार र सक्रिय समाजसेवी ब्याक्तित्वको जवाफ थियो– ‘लगानी गरेका हुन्छन त्यसैले गर्नै पर्यो नि ।’