–वेदप्रसाद पन्थ
‘‘कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान’’ले कविको नवौं स्मृति दिवसको अवसरमा ‘‘कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थ’’ प्रकाशन गर्नेनिर्णय गरेपछि कविका माइला भाइ एवं ‘‘कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान’’ का संरक्षक लक्ष्मण ज्ञवालीले मलाई पनि सो स्मृतिग्रन्थमा प्रकाशन गर्नेगरी एउटा लेख लेख्न भनी सूचित गर्नुभयो । उहाँको सूचना अनुसार मैले ‘अनन्य शखा’शिर्षक दिएर लेखी पठाएको लेखपनि यस स्मृतिग्रन्थ— मा समावेश गरिएको छ ।
म काठमाडौंतिर बस्ने हुँदा धेरै समयपछिबुटवल झरेको समयमा भाइ लक्ष्मण ज्ञवालीले बुटवल मेरै घरमा आएरस्मृतिग्रन्थ दिँदै यस ग्रन्थको समीक्षा गर्न भन्नुभएको थियो । मैले यो स्मृतिग्रन्थलाईआद्योपान्त हेरेपछि निकै पठनीय भएको पाएँ । शुरूमा यस ग्रन्थमाथि समीक्षा गर्ने कुरा अलि जटिल जस्तो मानें, तर राम्रोसँग मनन गरेपछि अरू ग्रन्थको समीक्षा गर्न भन्दा स्मृतिग्रन्थमा सबैका एउटै विचारधारामा बगेका लेखहरूको मालाहुने भएकोले समीक्षामा पनि आफ्नो विवेकलाई नघुमाइकन एउटै विषय वस्तुमामात्र कलम चलाएमा पुग्ने हुँनाले सुगम नै ठानेर यस ग्रन्थमा उनिएका ६५ जना लेखकका लेखहरूको अलग अलग सारसंक्षेप सहितलेख्ने कोशीषगरेको छु ।
खासगरी कुनै सृजना, विषय वस्तु वा व्यक्तिको समीक्षा गर्दा उसका गुण र दोषहरूलाई छानविन गरी गरेको भए राम्रो मानिन्छ । तर यस ग्रन्थका मूल पात्र त साहित्यिक क्षेत्रका युगान्तकारी सर्जक हुनुको साथै सामान्य मानिसभन्दा माथि उठेका महापुरुष हुनुभएकोले यस ग्रन्थमा उनिएका लेखहरू एउटै धारामा वगेका सङ्लो पिउने पानी जस्तै छन् । पानीको चीसोपना उसको स्वाभाविक गुण हो ।
त्यस्तै हामीले देख्दा कवि लेखनाथले निरन्तर राष्ट्र र समाजको चिन्तन गरेर आफ्नो आर्थिक अवस्था र रोगको पनि वेवास्ता गर्नु राम्रो होइन भन्ने जस्तो लाग्छ तर सन्तपुरुषको स्वभाव नै आफूप्रति चिन्तन गरेर समय वर्वाद गर्ने सोंच नै हुँदैन । उनीहरू त जन्मनु, स्वस्थ हुनु, रोगी हुनु वा मर्नु यी सबै दैवी घटना हुन् । यी घटनाहरू हाम्रो वशमा हुँदैनन् भन्ने कुरा राम्रोगरी बुझेर निरन्तर काम गरिरहेका हुन्छन् भन्ने कुराजानेका सम्पूर्ण विद्वान्हरूले यस मृतिग्रन्थमा समावेश गर्नेगरी दिएका लेखहरूमा दिवंगत कविलाई अन्तर हृदयदेखि नै ससम्मान स्मरण गर्दै प्रशंसा गर्नुभएको छ । अतः मैले गरेको समीक्षा पनि गुण गानमै सीमित रहेको छ ।
यस पुस्तकमा प्रकाशित समीक्षाकाे पूर्णपाठ निम्न पीडीएफ भर्सनमा उपलब्ध छ :
याे पनि : https://www.youtube.com/watch?v=_ggCcQhV6NA