काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता हुने भएको छ ।
दुई पार्टीबीच एकता गर्न क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’ र बहुमतका संयोजक ‘कन्चन’सहितको वार्ता टोली बनाइएको थियो । वार्ता टोलीले चैत २४ गते शुक्रवार जनआन्दोलन दिवसका दिन पत्रकार सम्मेलन गरेर पार्टी एकता गर्ने निर्णय गरेका हुन् ।
काठमाडौंको घट्टेकुलोमा रहेको शहीद इच्छुक प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनकाबीच एकता घोषणा गरिने बहुमतका संयोजक बास्तोलाले जानकारी दिनुभएको छ । बास्तोलाका अनुसार एकता प्रक्रिया अघि बढाउन दुई पार्टीका ६(६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।
सहमतिपछि जारी संयुक्त वक्तव्यमा बैद्य र बास्तोलाले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । लामो छलफल पश्चात् पार्टी एकतामा पुगेको बस्तोलाको भनाई छ ।
समितिमा क्रान्तिकारी माओवादीको तर्फबाट पार्टी महासचिव बैद्य, सिपी गजुरेल गौरव, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रिस र बहुमतबाट पार्टी संयोजक बास्तोला, हेमन्तप्रकाश वली सुदर्शन, उदय बहादुर चलाउने दीपक, गुणराज लोहनी प्रवीण, कृष्ण धमला गम्भीर, देवकला अधिकारी र सदस्य रहनुभएको छ ।
असार १० गते बास्तोला नेतृत्वको नेकपा (बहुमत) र कृष्ण धमाला गम्भीर नेतृत्वको जनसमाजवादी मञ्च नेपालबीच एकता भएको थियो ।