काठमाडौं । नेपाल शिक्षक संघको नेतृत्वमा नेपाली कांग्रेसको संस्थापन पक्ष पराजित भएको छ । नेपाल शिक्षक संघ कांग्रेसको शुभेच्छुक संस्था हो।
अध्यक्षमा सोमनाथ गिरी विजयी हुनुभएको छ । गिरी कांग्रेस संस्थापन पक्षका निकट गोकर्णबहादुर बानियाँलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो ।
कांग्रेसको शेखर कोइराला समूह निकट मानिनुहुने गिरी संघको अधिवेशनमा ३ सय ५ मत ल्याएर अध्यक्ष बन्नुभएको हो । अध्यक्षका अर्का प्रत्यासी गोकर्णबहादुर बानियाँले २ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षमा गिरी निर्वाचित भएको मतदान अधिकृत नवीन धामीले जानकारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित निर्वाचित हुनुभएको छ ।
प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।