काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कम्यसनिष्ट पार्टी मिलाएर समाजवादी मोर्चा बनाइने भएको छ ।
प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकाे अवसरमा नेकपा एकीकृत समाजवादीद्वारा आइतबार आयोजित कार्यक्रम यस्तो बताउनुभएको हो ।
छिट्टै, केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ र त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौं’ कार्यक्रम प्रधानमन्त्री दाहालले भन्नुभयो– त्यो मोर्चाले नेकपातिर फर्किनका लागि सबै सबैलाइ अपिल गर्नेछ ।’
२०७४ सालको चुनावअघि एकताको घोषणा गर्दै वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । २०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्दबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि दुइ पार्टी अलग भएका थिए । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।
प्रधानमन्त्री दाहालले नेपालमा कम्युनिस्ट आन्दोलनको बिस्तार ब्यापक रुपमा भएको तर, कम्युनिस्ट पार्टी अलग अलग हुँदा जनताले र राष्ट्रले जस्तो अपेक्षा गरेको हो त्यस अनुसार परिणाम दिन नसकेको उल्लेख धारणा व्यक्त गर्नुभयो । ‘अब समय आयो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरौं’ उहाँले भन्नुभयो ।
माओवादी अध्यक्ष दाहाले एमाले र माओवादी मिलेर बनेको विगतको नेकपालाई आम कार्यकर्ता र बहुसंख्यक जनताले अनुमोदन गरेपनि एकतालाई जोगाउन नसकिएको बताउनुभयो । फेरि पनि कम्युनिस्ट एकताको आवश्यकता रहेको उहाँको भनाई छ ।
‘कम्युनिस्ट पार्टीलाई जनवादी आधारमा ब्यापक छलफल र बहसको बीचबाट एकता पैदा गर्ने रुपमा लिएर जाने हो कि ?’ उहाँले भन्नुभयो – एउटा नेताको आदेशमा चल्ने, समूहको रुपमा वा एउटा गिरोहको रुपमा लिएर जाने हो भन्ने विवाद शुरु भयो र त्यो संघर्षको परिणाम आज हामी यो ठाउँमा छौं ।’
दाहालले तत्कालीन नेकपामा ‘आत्मनिर्भर अर्थतन्त्रका योजना, नीति अगाडि बढाउँदै लैजाने हो कि, दलाल पुँजीवाद या सामन्तवादका अवशेषहरुसँग सम्झौता गरेर दाल पुजीँवादलाई बढावा दिन हो भनेर संघर्ष’ भएको उल्लेख गर्नुभयो ।
‘हामी भनिराखेका छौं नेकपातिर नै फर्किनुपर्छ । आउनुहोस् बसौं सबै, बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं’ माओवादी अध्यक्ष दाहालले नाम नलिए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै भन्नुभयो– एकताको फेरि नयाँ एउटा पहल शुरु गरौं ।’