काठमाडौं । उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ । प्रतिनिधिसभा सदस्य रिक्त रहेको बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार उपनिर्वाचन भएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको जानकारी दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना आजैबाट शुरु हुने बताउनुभयो ।
आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्न पनि ढिलाइ नगर्ने उहाँको भनाइ छ । ‘मतदान सकिएको छ, अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याउने काम हुन्छ,’ उहाँले भन्नुभयो भने– त्यसपछि मतगणना ह्न्छ हुन्छ।’
आयुक्त थपलियाले बारा(२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना शुरु हुने जानकारी दिनुभयो । ‘तनहुँ १ गणनास्थलमा मतपेटिका पुर्याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना शुरु गर्छौं,’ उहाँले भन्नुभयो ।
थपलियाले चितवन(२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको बताउनुभयो । ‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना शुरुगर्नुस् भनेका छौं,’ उहाँले भन्नुभयो ।
यसपालली मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाको भनाई छ । ‘हामीले भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौं, पर्सी साँझसम्म त सकिन्छ नै’ उहाँले भन्नुभयो ।