काठमाडौं । प्रतिनिधिसभा सदस्यको रिक्त स्थान पूर्तिको लागि भएको उपनिर्वाचनमा सत्ता गठबन्धनलाई नराम्रोसँग धक्का लाग्ने संकेत देखिएको छ ।
उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वणिम वाग्ले विजयी निश्चित भइसकेको छ । वाग्ले ६ हजार ८ सय ३८ मत अन्तरले अगाडि हुनुहुन्छ । तनहुँ १ मा अहिलेसम्म करिब ६० प्रतिशत मत गनेर सकिएको छ । अहिलेसम्मको गणनामा रास्वपाका वाग्ले १५ हजार ९ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १ सय २० पाउनु भएको छ । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार १ सय ६६ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा चितवन २ मा संसदको प्रमुख प्रतिपक्षी नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो समय राजनीतिमा चर्चामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पछाडि पर्नुभएको छ । लामिछानेलाई एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ४८ मतले उछिन्नु भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पहिलो मत परिणाम अनुसार एमाले उम्मेदवार न्यौपानेले ३ सय ६७ मत प्राप्त गर्नुभएको छ । लामिछानेले ३ सय १९ मत पाउनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ सय ४४ मत पाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का जीवलाल पुरीले ८ मत प्राप्त गर्नुभएको छ
बारा । प्रतिनिधिसभा सदस्यको लागि भएमको उपनिर्वाचनमा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव पछाडि पर्नुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ५७ मतले पछाडि पार्नुभएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणम अनुसार कुशवाहले ६ सय २८ मत प्राप्त गर्नुभएको छ । जसपा अध्यक्ष यादवले ५ सय ७१ मत पाउनुभएको छ । नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ५ सय १० मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रमेश खरेलले २ सय ३६ मत प्राप्त गर्नुभएको छ