टिप्पणी
काठमाडौं। प्रतिनिधिसभा सदस्यको रिक्त स्थान पूर्तिको लागि उपनिर्वाचन भएका ३ क्षेत्र मध्ये चितवन २, र तनहुँ १ अलिबढी चर्चामा छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अघिल्लो पटक भन्दा बढी मत ल्याएर निर्वाचित भएपछि चर्चा भएको हो ।
तनहुँ १ भने नेपाली कांग्रेसेको गढ र नेकपा एमालेको थुम्का भत्काउँदै रास्वपाकै उम्मेदवार गोरखाका डा स्वर्णिम वाग्लेले भारी मतान्तरसहित चुनाव जितेपछि चर्चामा आएको हो । अहिले राष्ट्रपति बन्नुभएका रामचन्द्र पौडेलले २०४८ सालदेखि (२०७० को एक कार्यकाल बाहेक) निरन्तर चुनाव जितेर ’कांग्रेसको किल्लf’ बनेको तनहुँ १, वाग्लेको विजयी पछि भने ‘मतदाताको बिल्ला’ भएको छ ।
राष्ट्रपति पौडेलको राजनीतिक प्रतिष्ठासँग जोडिएको तनहुँ १ लाई जोगाउन कांग्रेस प्रयत्न नगरेको होइन, तर सामदामसहितको विभिन्न प्रयासको बाबजुत तनहुँ १ अब कांग्रेसको पोल्टामा रहेन, नत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीले ताली पिट्ने अवसर नै पाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वप्रधानन्त्री डा बाबुराम भट्टराई, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, देव गुरुङ, गोपालमान श्रेष्ठ र प्रदीप पौडेल लगायतका नेताहरुले विभिन्न कार्यक्रममा सहभागी भएर मत माग्नुभएको थियो ।
भट्टराईलार्ई जिताउन विभिन्न चरणमा गरी कांग्रेसका १९ जना केन्द्रीय नेताहरु तनहुँ पुग्नुभएको थियो । भट्टराईको पक्षमा चुनावी माहोल उर्वर पार्न कांग्रृसले केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा युवाहरुको कमाण्ड नै परिचालन गरेको थियो । केन्द्रीय सदस्य प्रकाश स्नेही, युवा नेताहरू रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, युवराज पाण्डे, शिव रिमाल लगायत प्रचारप्रसार खटिनुभएको थियो । पुराना नेता गोविन्दराज जोशीले रास्वपाका उम्मेदवार डा वाग्लेलाई साथ दिने प्रतिवद्धता जनाएपछि कांग्रेस अत्तालिएको थियो । कांग्रेसले जोशीलाई फकाउन विगतमा उहाँमाथि गरिएको कारबाही फुकुवा गर्यो । सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री जोशीसँग विभिन्न माध्यमबाट संवाद प्रक्रिया अगाडि बढाउनुभयो । तर पनि जोशीले भट्टराईलाई कांग्रेसको पक्षमा नलाग्ने बताएपछि उहाँको छोरा दीपकसँग भेटवार्ता गरी फकाउने प्रयास भयो । तर कांग्रेसको त्यो प्रयास सफल भएन । जोशीले वाग्लेलाई नै साथ दिनुभयो ।
पूर्वमन्त्री जोशीको साथ नपाएपछि भट्टराईलाई जिताउन कांग्रेसले कुनै कसुर बाँकी राखेन । प्रधानमन्त्री दाहालले मौन अवधि शुरुहुनु अघिल्लो दिन डुम्रेबजारमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ‘गोविन्द भट्टराई मतदाताले सांसद बनाए,उहाँलाई आफूले मन्त्री बनाउने’ अभिव्यक्ति समेत दिनुभयो ।
भट्टराई जिताउन केन्द्रीय नेताहरु तनहुँ १ मा पर्ने नगरपापलिका भित्रका शहर टोल तथा गाउँपालिका अन्तरगतका विभिन्न गाउँ बस्ती चहारे । मतदाताको घर घर घुमे । खेतबारीका कान्ला नाघ्दै, करेसाबारीको साँग कुल्चिँदै घरघरमा पुगेर प्रायः सबै जसो मतदातालाई भेटेँ, मत मागेँ । तर पनि परिणामा भने स्वर्णिमकै पक्षमा उर्लियो । उम्मेदवारी दर्ता गर्नु भन्दा केही दिनअघि कांग्रेस छाडेर रास्वपामा पस्नुभएका वाग्ले ३४ हजार ९ सय १९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । तर लामो समयदेखि कांग्रेसबाट राजनीतिमा सक्रिय हुनुभएका भट्टराई २० हजार १ सय २२ मत ल्याएर पराजित हुनुभएको छ ।
गोरखाबाट चुनाव लड्नकै लागि तनहुँ पुग्नुभएका वाग्ले त्यहाँको सांसद बनेर प्रतिनिधिसभामा कड्किने तयारीमा हुनुहुन्छ । तर जीवनको उर्वर समय तनहुँकै राजनीतिमा खपत गर्नुभएका भट्टराईले भने थप ५ वर्ष त्यही लुरुङ–लुरुङ डुलेर बिताउनुपर्ने भएको छ ।