काठमाडौं । प्रतिनिधिसभा निर्वाचनभएको ५ महिनापछि बल्ल संसदीय विषयगत समिति बनेको छ । संसदका ठूला दलबीच भागबण्डा नमिल्दा समिति गठनमा ढिलाई भएको थियो । दलहरुबीचको सहमतिपछि बल्ल समितिले पूर्णता पाएको हो ।
समिति गठनको लागि यसअघि प्रतिनिधिसभा नियमावली २०७९ पारित गरिएको थियो । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन गरिएको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा शुक्रबार संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् ।
नियमावली अनुसार प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ ।
संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । संयुक्त समिति भने अझै गठन भएको छैन् ।
समितिका सदस्यहरुको सूची