२०६४ सालको राजनीतिक परिवर्तनपश्चात गोरखापत्रले नयाँ नेपाल शीर्षक दिएर नेपालको विविध भाषामा लेखहरु प्रकाशन गर्दै आएको छ । जसमा अवधि, उर्दु, बराम, भोजपुरी, मगर लागयतका २५ भाषाका सामग्रीहरु प्रकाशित भइरहेको छ ।
-माेहनप्रसाद मैनाली
पृष्ठभूमि : विश्वमा सबै प्राणी आआफ्नै तरिकाबाट सञ्चारको आदानप्रदान गरिरहेका हुन्छन् । मानिसले मात्र होइन पशुपंक्षी लगायत जीवन प्राप्त भएका सबै जीवले एकआपसमा सञ्चार गरिरहेका हुन्छन् । तर फरक यति हो कि मानवीय सञ्चार व्यवस्थित र सन्तुलन गरिएको हुुन्छ भने अरु जीवमा यस्तो पाइँदैन । आजको युग सूचना र प्रविधिको भएकाले हामी सूचनाबेगर बाँच्न पनि मुश्किल हुने अवस्था आइसकेको छ । सञ्चारका विभिन्न माध्यम टेलिभिजन, टेलिफोन, रेडियो, इन्टरनेटमध्ये पत्रिका पनि एक माध्यम हो । पत्रपत्रिकाबाट आफूलाई आवश्यक सूचना, जानकारी तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सकिन्छ । पत्रकारिताको इतिहासमा सबैभन्दा पहिला चीनमा कागजको आविष्कार गरिएको र कागजमा लेख्न शुरु गरिएको मानिन्छ । विश्वमा पत्रकारिताको विकास भएको लगभग पाँच सय वर्ष भएको अनुमान छ । पत्रकारिताको महत्वपूर्ण तथा एक मुख्य माध्यम कागजमा छपाइ गरेर समाचार लगायतका सामग्री प्रकाशन गर्नुलाई मानिन्छ । नेपालमा सञ्चारका विभिन्न संस्था क्रियाशील छन् । यहाँ नेपालको सबैभन्दा जेठो पत्रिका गोरखापत्रको बारेमा केही विश्लेषण गर्ने प्रयास गरिएको छ।
गोरखापत्रको प्रकाशन : गोरखापत्रको प्रकाशन विक्रम सम्वत् १९५८ सालमा भएको हो । श्री ३ महाराज तथा प्रधानमन्त्री चन्द्रशमशेरबाट गोरखापत्रको प्रकाशन शुरु भएको हो । १९५८ साल वैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशन भएको पाइन्छ । जयपृथ्वीबहादुर सिंह र पण्डित नरेन्द्रदेवको तालुकादारीमा गोरखापत्रको पहिलो अंक प्रकाशित भएको देखिन्छ । शुरुमा गोरखापत्र साप्ताहिक रुपमा प्रकाशित भएको थियो। सरकारी सूचना तथा सरकारमा रहेका विशेष गरेर राणा शासकले आफ्ना जनताका लागि बोलेका विषयलाई गोरखापत्रमा प्रकाशित गरेको देखिन्छ। गोरखापत्रको हालसम्मको विकास क्रमलाई केही कालखण्डमा विभाजन गरेर पनि हेर्न सकिन्छ।
गोरखापत्रको शुरुको प्रकाशनमा सरकारी सूचना, आदेश तथा सरकारी निर्देशनलाई जनतासमक्ष पुर्याउने उद्देश्यले प्रकाशन शुरु गरेको देखिन्छ । जनताको काम नगरेको, भ्रष्टाचार गरेको, कुनै अभियोग लागेर सरकारी कर्मचारी घटुवामा परेको आदि विषयका समाचार पनि गोरखापत्रमा प्रकाशन गर्नको लागि सरकारले अनुमति दिएको पाइन्छ। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सनदपत्र जारी गरेर गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन गर्न अनुमति दिएको देखिन्छ।
विक्रम सम्वत् १९५८ देखि २००७ सम्म : विक्रम सम्वत् १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा प्रकाशन शुरु भएको गोरखापत्र नेपालबाट प्रकाशित भएको नेपाली भाषाको पहिलो पत्रिकाको रुपमा मानिन्छ । यसभन्दा अगाडि भारतबाट नेपाली भाषामा सुधासागर भन्ने पत्रिका छापिएको इतिहास छ । गोरखापत्रलाई एशियाबाट निरन्तर प्रकाशन भइरहेका पुराना पत्रिकामध्ये एक मानिन्छ । यसको इतिहासले एक सय १२२ वर्ष पूरा गरिसकेको छ।
गोरखापत्रको शुरुको प्रकाशनमा सरकारी सूचना, आदेश तथा सरकारी निर्देशनलाई जनतासमक्ष पुर्याउने उद्देश्यले प्रकाशन शुरु गरेको देखिन्छ । जनताको काम नगरेको, भ्रष्टाचार गरेको, कुनै अभियोग लागेर सरकारी कर्मचारी घटुवामा परेको आदि विषयका समाचार पनि गोरखापत्रमा प्रकाशन गर्नको लागि सरकारले अनुमति दिएको पाइन्छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सनदपत्र जारी गरेर गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन गर्न अनुमति दिएको देखिन्छ । जसमा भनिएका मुख्य विषयमा गोरखापत्र प्रकाशन गर्न टाइप छापाखाना र सेनाको मातहतमा रहेको लिथोग्राफलाई एकीकृत रुपमा राखेर प्रयोग गर्न पाइने, प्रत्येक साता एक हजारप्रति गोरखापत्र प्रकाशन गर्न पर्ने, गोरखापत्र प्रकाशनका लागि वार्षिक रकम एकमुष्ठ ३ हजार ९ सय चार रुपैयाँ फाँटवारी तोकिएको, गोरखापत्रका प्रकाशन गर्न हुने र नहुने विषयलाई नीतिको रुपमा निर्देशन दिएको, गोरखापत्र प्रकाशन तथा बिक्रीको हरहिसाब राख्नु पर्ने, गोरखापत्रमा छापिने सामग्री प्रकाशन हुनु अगाडि कर्नेल डिल्लीशमसेर थापालाई रुजु गराउनुपर्ने लगायतका विषय जारी सनदमा समेटिएको पाइन्छ ।
विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ । यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ।
त्यसबेलाको परिवेशलाई ख्याल गरेर गोरखापत्रको प्रकाशन गरेको देखिन्छ । प्रकाशन कालदेखि नै गोरखापत्र सरकारी संयन्त्रको रुपमा रहेको पाइन्छ । यसबाट जनतामा सोझै र प्रत्यक्ष रुपमा फाइदा पुग्नुभन्दा पनि सरकारले सूचनाको क्षेत्रमा नेपालमा राम्रै काम गरिरहेको छ भनेर विदेशीलाई देखाउन मात्र यसो गरिएको हो कि जस्तो देखिन्छ भनेर इतिहासविद्ले विचार व्यक्त गरेको पाइन्छ। १९५८ देखि प्रकाशन शुरु भएको गोरखापत्रले विक्रम सम्वत २००७ सालसम्म खासै प्रगति गरेको देखिँदैन। निरन्तर प्रकाशन भएको देखिन्छ तर यसको उल्लेखनीय विकास र प्रवद्र्धन भएको भने पाइँदैन । साप्ताहिक रुपमा प्रकाशन भएको गोरखापत्र शुरुमा सोमबार प्रकाशन भएको भएपनि १९९१ देखि प्रत्येक शुक्रबार प्रकाशन भएको पाइन्छ। विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ। यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ।
विक्रम सम्वत २००० असोज २९ देखि गोरखापत्र साताको दुई पटक प्रकाशन हुन थालेको पाइन्छ। त्यस्तै २००३ को पुस ८ गतेदेखि सातामा ३ पटक गोरखापत्रको प्रकाशन हुन थालेको देखिन्छ। विक्रम सम्वत २००२ भन्दा अगाडि समाचर संकलनका लागि कुनै पत्रकार वा संवाददाता व्यवस्था गरिएको थिएन। तर २००२ को शुरुदेखि नै काठमाडौं उपत्यकामा समाचार संकलनका लागि पत्रकारको व्यवस्था गरिएको देखिन्छ।
समग्रमा हेर्दा विक्रम सम्वत १९५८ देखि २००७ सालसम्म लगभग पचास वर्षको इतिहासमा गोरखापत्रको खासै विकास भएको देखिँदैन। आधा शताब्दीमा कुनै प्रकाशनको एउटा कालखण्ड महत्वपूर्ण मान्नुपर्ने हुन्छ। यो अवधिमा शुरुमा गोर्खापत्र लेखिँदै आएकोमा १९९३ मा गोरखापत्र लेख्न थालिएको, काठमाडौं उपत्यकामा समाचार संकलकको व्यवस्था गरिएको र सातामा तीन पटक प्रकाशन गर्ने व्यवस्था गरिएको बाहेक अरु खास प्रगति र व्यवस्था गरेको देखिँदैन।
नेपालको पत्रकारिताको इतिहासमा गौरवमय इतिहास बोकेको गोरखापत्रले आज सबै भाषाका नेपाली जनताको मन जित्ने लेख, रचना तथा समाचारहरु प्रकाशित गरेर आफूलाई अलग धार र मान्यतामा प्रस्तुत गरिरहेको छ। यो नेपाली पत्रकारिताको मेरुदण्डको रुपमा युग युगसम्म ठडिइरहनेछ र राष्ट्रिय पत्रकारितालाई पनि उँचो बनाउन सहारा दिइरहने छ।
२०१७ देखि २०४६ सम्म : सातामा तीनपटक प्रकाशन हुँदै आएको गारेखापत्रलाई विक्रम सम्वत २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन आरम्भ गरेको पाइन्छ। यसलाई गोरखापत्रको इतिहासमा महत्वपूर्ण फड्को मान्न सकिन्छ। सम्वत २०१९ मा गोरखापत्र संस्थान ऐन जारी भएको देखिन्छ। त्यस्तै २०१९ मै गोरखापत्रले शनिबारको परिशिष्टाङ्कको प्रकाशन शुरु गरेको देखिन्। २०१९ मा गोरखापत्र संस्थान ऐन जारी गरेर २०२० मा गोरखापत्र संस्थानको स्थापना गरी गोरखापत्र दैनिकलाई संस्थागत रुपमा प्रकाशनको व्यवस्था गरिएको देखिन्छ। त्यस्तै २०१९ मा नै गोरखापत्रको सन्ध्याकालीन प्रकाशनसमेत गरिएको देखिन्छ पछि २०२२ असोज १२ गतेसम्म यसले निरन्तरता पाएको देखिन्छ। २०२१ मा पहिलो पटक द नेप्लिज पर्सपेक्टिभ नामको अंग्रेजी पत्रिका पनि प्रकाशन शुरु गरेको देखिन्छ। र यसले २०३२ सम्म निरन्तरता पाएको देखिन्छ।
विक्रम सम्वत २०२२ पुस १ गते गोरखापत्रको सहप्रकाशनको रुपमा अंग्रेजी दैनिक – द राइजिङ नेपाल, २०२५ सालदेखि साहित्यक मासिक मधुपर्कको प्रकाशन शुरु भएको पाइन्छ। द राइजिङ नेपाल र मधुमर्क हालसम्म पनि निरन्तर प्रकाशित भइरहेको पाइन्छ। त्यस्तै युवालाई लक्षित गरी २०४५ असारदेखि युवामञ्च नामको मासिक पत्रिका पनि प्रकाशन भएको पाइन्छ। २०४६ सालदेखि मात्र गोरखापत्रलाई कम्प्युटर प्रविधिबाट प्रकाशन शुरु गरिएको देखिन्छ । यस हिसाबले हेर्दा गोरखापत्रको इतिहासमा २०१७ देखि २०४६ सम्मको करिब तीस वर्षको अवधिलाई गोरखापत्रको स्वर्णकाल पनि भन्न सकिन्छ।
विक्रम सम्वत् १९८४ साल वैशाख १३ गते एउटा तस्बिर पहिलो पटक प्रकाशन गरेर गोरखापत्रले फोटो पत्रकारिताको इतिहास रचेको देखिन्छ । यसै दिनलाई सम्झना गरेर हालसम्म पनि फोटो दिवस वैशाख १३ गतेलाई मनाउने गरिएको छ।
२०४७ देखि हालसम्म : विक्रम सम्वत २०४६ को अन्तिमतिर नेपालमा पञ्चायत व्यवस्थाको अन्त्य भई पुनः बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि गोरखापत्रमा पनि केही परिवर्तन हुँदै आएको पाइन्छ । २०४७ साल वैशाखदेखि सन्डे डिस्प्याच नामको अंग्रेजी पत्रिका पनि प्रकाशन शुरु भएको देखिन्छ । २०४७ सालदेखि नै मुना नामको बालबालिकाका लागि मासिक पत्रिका शुरु भएको हो । त्यस्तै २०५५ देखि पारिवारिक मासिक पत्रिका मनोरमाको प्रकाशन गरिएको हो।
गोरखापत्र प्रकाशनको इतिहासलाई फड्को मार्दै २०५९ असार १० गतेदेखि गोरखापत्र रंगीन कलेवरमा प्रकाशित हुन थालेकोमा हालसम्म यही गतिमा प्रकाशित भइरहेको छ । २०६४ सालको राजनीतिक परिवर्तनपश्चात गोरखापत्रले नयाँ नेपाल शीर्षक दिएर नेपालको विविध भाषामा लेखहरु प्रकाशन गर्दै आएको छ । जसमा अवधि, उर्दु, बराम, भोजपुरी, मगर लागयतका २५ भाषाका सामग्रीहरु प्रकाशित भइरहेको छ। २०७२ फागुन १७ गतेको नेपाल सरकारको निर्णयअनुसार गोरखापत्रको स्थापनाकाे दिन वैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ।
हाल नेपालमा दैनिक, साप्ताहिक, मासिक गरेर सयौं पत्रपत्रिकाहरु प्रकाशित भइरहे पनि गोरखापत्रको फरक परिचय र अस्तित्व रहेको छ । अहिले जति नै पत्रकारिताको विकास भए तापनि गोरखापत्रलाई नेपालको पत्रकारितfको इतिहासमा जेठो पत्रिकाको रुपमा सबैले सम्मान गरेको देखिन्छ।
प्रविधिको विकाससँगै आविष्कार भएको इन्टरनेट प्रविधिलाई पनि आत्मसात् गरी गोरखापत्रले पछिल्लो समय इन्टरनेटको माध्यमबाट विश्वव्यापी रुपमा गाेरखापत्रअनलाइन डट्कममार्फत विश्वभर तत्काल पढ्न सकिने व्यवस्था गरेको छ।
निष्कर्ष : विक्रम सम्वत १९५८ सालमा शुरु भएको गोरखापत्रले हाल एक सय अठार वर्षमा पनि आफ्ना प्रकाशन सामग्री बढाउँदै आएको छ। हाल नेपालमा दैनिक, साप्ताहिक, मासिक गरेर सयौं पत्रपत्रिकाहरु प्रकाशित भइरहे पनि गोरखापत्रको फरक परिचय र अस्तित्व रहेको छ। अहिले जति नै पत्रकारिताको विकास भए तापनि गोरखापत्रलाई नेपालको पत्रकारितको इतिहासमा जेठो पत्रिकाको रुपमा सबैले सम्मान गरेको देखिन्छ। नेपालको पत्रकारिताको इतिहासमा गौरवमय इतिहास बोकेको गोरखापत्रले आज सबै भाषाका नेपाली जनताको मन जित्ने लेख, रचना तथा समाचारहरु प्रकाशित गरेर आफूलाई अलग धार र मान्यतामा प्रस्तुत गरिरहेको छ। यो नेपाली पत्रकारिताको मेरुदण्डको रुपमा युग युगसम्म ठडिइरहनेछ र राष्ट्रिय पत्रकारितालाई पनि उँचो बनाउन सहारा दिइरहने छ।
वास्तवमा हामीले अहिले गरिरहेको नेपाली पत्रकारिताको मूल आधार नै गोरखापत्र हो। गोरखापत्र पढेर पत्रकारिता गर्ने हजारौँ पत्रकारहरुको प्रेरणाको स्रोत गोरखापत्रलाई नै मान्न सकिन्छ।
सन्दर्भ सामग्री : १. आचार्य, भानुभक्त, आमसञ्चार र पत्रकारिता अध्ययन, निमा पुस्तक प्रकाशन, काठमाडौं । २. खनाल, श्रीराम (२०७१), मिडिया नीतिशास्त्र र कानुन, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं। ४. गोरखापत्र संस्थानबाट प्रकाशन भएका गोरखापत्र दैनिक, द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च मासिक तथा मुना मासिक पत्रपत्रिका।