काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिना छानविन हुनुपर्ने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टी मुख्यालयमा बिहीबार देखि शुर भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ‘क्यान्टनमेण्ट काण्डबारे छानविन र कारबाही प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभएको छ ।
क्यान्टनमेण्ट काण्ड अनियमितता अनुसन्धान तथा कारबाही नहुँदा बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको एमाले अध्यक्ष ओलीको आरोप छ । ‘अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै सक्दैन’ बैठकमा उहाँले भन्नुभएको सहभागी केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
सहभागी केन्द्रीय सदस्यका अनुसार ओलीले बैठकलाई सम्बोधन गर्दै बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकलौटी गरेको बताउनुभएको छ । ‘‘माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पलिा पनि धेरै भएका छन्’ उहाँले भन्नुभयो– क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् ।’
पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाल राज्यको ढुकुटी कुम्ल्याउन उद्त रहेको आरोप समेत लगाउनुभएको छ ।‘राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो’ उहाँले भन्नुभयो– अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानविन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने ’