बारा। सुवर्णपुर गाउँपालिकामा प्रधानाध्यापक सरुवाको आक्रोशमा तोडफोड र आगजनी भएको छ । प्रधानाध्यापक सरुवाबाट आक्रोसित विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।
गाउँपालिकाले हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई सरुवा गरेको छ । विद्यालय राम्रोसँग चलाइरहेका प्रधानाध्यापकलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् ।
आक्रोशित विद्यार्थी र अभिभावक समूहले गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव र उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोड गर्नुका साथै कागजपत्र बाहिर निकालेर आगो लगाउने प्रयास गरेका छन् । कागजपत्रमा आगजनी प्रयास भएपछि त्यसलाई रोक्न प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ।
आक्रोशित विद्यार्थी र अभिभावक समूहकाे तोडफोड तथा आगजनी १० मोटरसाइकल क्षतिग्रस्त भएको छ । गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर प्रदर्शनकारीले नाराबाजी, तोडफोड र आगजनी गरेका हुन्।
‘बैठक बसिरहेका छौँ, आन्दोलनरत समूहसँग वार्ता पनि भएको छैन, पहिला बैठक सकाउँ अनि के गर्ने भन्ने निर्णयमा पुग्छौँ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले भन्नुभयो ‘बिहान घटना भयो, अहिले स्थिति सामान्य छ तर अप्रिय घटनापछि अब के गर्ने भन्नेबारे बैठक बसेर नै टुंगोमा पुग्न खोजिरहेका छौँ।’ प्रमुख प्रशासकीय पालका अनुसार प्रधानाध्यापकहरुको सरुवा सहमतिमै भएको हो।
बारा प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी हुन थालेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको बताउनुभ