रुपन्देही । राजनीतिज्ञ एवं बुद्धिजीवीहरुले लोकतान्त्रिक र बाम आन्दोलनका योद्धा एवं पंचायती निरंकुता बिरुद्ध संघर्षरत नेताहरुलाई आश्रय दिने गर्नुभएका जगनाथ भुसाल भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका छन ।
रुपन्देही निवासी ९७ बर्षीय जगनाथ भुसालको निधन भएकोमा दु:ख ब्यक्त गर्देै नेकपा एकीकृत समाजवादीले आयोजना गरेको श्रद्धान्जलि सभामा बक्ताहरुले भुसालको योगदान बाम आन्दोलनका लागि लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान रहेको उल्लेख गरेका छन् ।
रुपन्देही मणिग्राम स्थित भुसालकै निवासमा आयोजित श्रद्धान्जलि सभामा राजनीतिज्ञ एवं बुद्धिजीबीहरुले अहिलेको पुस्ता र भावी पुस्ताका लागि पनि भुसालले निर्बाह गरेको भुमिका प्रेरणादायी अनुकरणीय रहेको भन्दै त्यस्ता ब्यक्तिको योगदानलाई आगामी पुस्ताले जानकारी पाउनेगरी सामग्री तयार गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम बिकको अध्यक्षतामा भएको श्रद्धान्जलि कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष डा बिजय पौडेलले जगनाथ भुसालले पंचायतकालीन अबस्थामा भुमिगत नेताहरुलाई दिनुभएको आश्रयले ठुलो सहयोग पुर्याएको भन्दै उहांको योगदान परिवार जनका लागि मात्र होइन सबैका लागि अनुकरणीय भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा बरिष्ठ साहित्यकार बुंद राना, जगनाथ भुसालका सुपुत्र रीषिराम भुसाल, भरत भुसालले पनि भुसालको जीवनीका बारेमा जानकारी गराउनुभएको थियो । नेकपा एकीकृत समाजबादी महासचिव घनश्याम भुसालका पिता जगनाथ भुसाल प्रति श्रद्धान्जलि एवं शोकसन्तप्त परिवार जनलाई समवे्दना दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधबकुमार नेपाल, नेताहरु मेठमणि चौधरी , किसान श्रेष्ठ , रामकुमारी झाक्री, योगेश भटराई, अशेष घिमिरे , दामोदर अर्याल, अर्जुन राई, बरिष्ठ पत्रकार टंक पन्त लगायत बिभिन्न क्षेत्रका बुद्धिजिवी, लेखक लगायतका ब्याक्तित्वहरु काठमाडौवाट भुसाल निवास पुग्नुभएको थियो भने रुपन्देही जिल्लाका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत सबै राजनीतिक दलका अधिकांश नेताहरु श्रद्धान्जलिका पुगेकोमा महासचिब घनश्याम भुसालले आभार सहित धन्यवाद दिनुभएको छ ।