काठमाडौं । सरकारले अखण्ड भारत नक्शाको वास्तविकता बुझ्न निर्देशन दिएको छ ।
सरकारले भारतको नयाँ संसद भवनमा राखिएको नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले नक्शाको वास्तविकता बुझन् नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ ।
परराष्ट्रमन्त्री साउद संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा सांसदहरुले नक्शाबारे जानकारी गराउनुभएको हो । ‘अखण्ड भारत’ नक्शा सार्वजनिक भएपछि त्यसको नेपाल, पाबिस्तान र बंगलादेशमा विरोध भइरहेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदलाई यसबारे किन नबोलेको ? भनेर प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा पनि सांसदहरुले परराष्ट्रमन्त्री साउदलाई यसबारे किन नबोलेको ? भनेर प्रश्न गरेका छन् ।
मन्त्री साउदले सांसदहरुको प्रश्नमा .यो म्युरलको क्याप्सनमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र यो राजनीतिक विषय नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्री स्वयंले बताएको’ जानकारी दिनुभएको छ ।
‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनु हुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु’ बैठकमा उहाँले सांसदहरुसँग भन्नुभयो–‘ ‘दुई देशको संवेदनशील सम्बन्ध, त्यसमा पनि एउटा देशको प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्रीले भ्रमण र दुई देशको सम्बन्धमा पूर्ण जानकारी नलिई प्रतिक्रिया दिनु परिपक्क हुन्न भनेको मात्र हुँ ।’
यस्तो नक्शा कुन–कुन ठाउँमा राखेको हो ? किन राखेको हो ? भनेर भारतले नबोलेको र दिल्लीस्थित नेपाली दूतावासले पनि अध्ययन नगरिसकेको अवस्थामा पूर्ण जानकारी नभई प्रतिक्रिया दिनु परिपक्क हुने परराष्ट्रमन्त्री साउदले बताउनुभयो ।
मन्त्री साउदले नेपालको नक्साबारे सबै प्रष्ट रहेको र सर्वसम्मत रुपमा संविधान नै संशोधन गरेर अनुसूचीमा समावेश गरिसकेको भन्दैआफ्नै नक्सा विवादास्पद बनाइराख्न र नक्साबारे धारणा के हो भनेर सोधिराख्नु नपर्ने समेत बताउनुभयो ।