काठमाडौं । बैंकिङ क्षेत्रका ‘सेलिब्रेटी’ अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
मेघासहित विभिन्न बैंकमा कार्यकारी अधिकृत (सीइओ ) बन्नुभएका शाह गएको निर्वाचनदेखि नेकपा एमाले निकट मानिनुहुन्थ्यो । मंसिरमा भएको संघ तथा प्रदेशसभा निर्वाचनमा घोषणा पत्र सार्वजनिक गर्दा एमालेले शाहलाई नै ‘सेलिब्रेटी’ बनाएको थियो ।
पूर्वबैंकर शाह बिहीबार रास्वपामा प्रवेश गर्नुभएको हो । शाहलाई रास्वपाका सभापति रवि लामिछानेले स्वागत गर्नुभएको छ । शाहले प्रवेश गलत्तै रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वबैंकर शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । ‘उहाँलाई पार्टीमा स्वागत गरेका छौँ, विभागको जिम्मेवारी पनि दिएका छौँ,’ केन्द्रीय गणेश सदस्य कार्कीले भन्नुभयो ।
को हुन् अनिलकेशरी शाह ?
बैंकर अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्यस्वरी शाहका नाति हुनुहुन्छ । उहाँ डा नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका जेठा छोरा हुनुहुन्छ ।
अनिलका बुबा डा नारायण केसरी शाह चर्चित कुटनीतिज्ञ, तथा मानवअधिकारवादी ऋषिकेश शाहका भाइ हुनुहुन्छ । उहाँको वैवाहिक नाता नेपाली कांग्रेसका नेता सुवर्ण शमसेर राणाकी नातिनी रति राज्यलक्ष्मीसँग जोडिएको छ ।
कुटनीतिक परिवारको सदस्य भएकाले अनिल भाइ उज्वल केशरी शाह दुबैको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो । अनिलले वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गर्नुभएको छ ।
पहिलो नेपाली सीइओ
शाह बैंकको पहिलो नेपाली कार्यकारी अधिकृत (सीइओ ) हुनुहुन्छ । उहाँ नविल बैंकको सीइओ बन्नुभएको हो । नेतृत्व लिएको ५ वर्षमा आफूले नविल बैंकलाई नम्बर वान बनाएको उहाँको भनाई छ ।’ ‘सञ्चालक समिति र बैंकमा कार्यरत सबैको व्यापक ‘टिमवर्क’ बाट त्यो सम्भव भएको हो’ उहाँले भन्नुभयो र
नविललाई नम्बर वान बनाएपछि शाह मेगा बैंकको पनि सीईओ बन्नुभयो । उहाँले त्यसबेला नम्बर वान बैंकबाट ‘अपरेटिङ लाइसेन्स’ समेत नपाएको बैंकमा जाने आँट गर्नुभएको हो । नविल छोडेर मेगामा जाँदा शुरुमा के कस्तो हुने हो ? भनेर डर समेत लागेको उहाँँले स्मरण गराउनुभयो । ‘हुन पनि, ‘बैंकिङ ‘सिनारियो’ एकदमै बदलिइरहेको र तरलताको समस्या निकै बढेको समय थियो, त्यो’ उहाँले भन्नुभयो । ‘त्यस्तो बेला पनि मलाई हेरेर ५० जनाको टिम मेगामा आइसकेको थियो’, अनिल सम्झन्छन्, ‘असफल भए म त अर्कोमा जागिर पाउँला, तर ५० जनालाई के हुन्छ भन्ने डर लागेको थियो ।’
अहिले एमालेको साथ छोडेर रास्वपामा पस्दा भने डर नलागेको उहाँको भनाई छ ।