काठमाडौं । रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले बिगत एक बर्षमा सामाजिक क्षेत्रमा गरेका कामहरुको उच्च मुल्यांकन गर्देै रोटरी इण्टरनेशनल डिष्ट्रिक ३२९२ ले प्रभावकारी क्लबको रुपमा सम्मान गरेको छ ।
डिष्ट्रिक अवार्ड कार्यक्रममा रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर जीतेन्द्रबहादुर राजभण्डारीले क्लबका अध्यक्ष लोकबहादुर टण्डन र रोटरियन डा रुपा झालाई सम्मान गर्नुभएको हो । रोटरी क्लब अफ काठमाडौ डाउनटाउन बेष्ट क्लबको रुपमा मात्र नभएर धेरै सदस्य भएको र धेरै महिला सदस्य क्लबको रुपमा पनि स्थापति भएको छ । सो क्षेत्रका लागि रोटरी इण्टरनेशलनले सम्मान गरेको क्लबका अध्यक्ष टण्डनले जानकारी गराउनुभएको छ ।
देश भरिका डेढ सय भन्दा बढी क्लबहरुको सहभागिता रहेको बिशेष कार्यक्रममा अन्य क्लब र तिनका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । समाज सेवालाई मुल मन्त्र बनाएको क्लबले बितेको बर्ष देशका सबै जसो जिल्लामा समाजसेवाका क्षेत्रमा उल्लेख्य काम गरेको पुर्व मख्य सचिव एवं रोटरियन तीर्थमान शाक्यले जानकारी गराउनुभएको छ ।
आगामी महिना जुलाईदेखि गभर्नरको रुपमा रहनुभएका राजेन्द्र ध्वजुले निश्वार्थ भावनाले स्वास्थ्य शिविर , मानब सेवा , आश्रयस्थलमा प्रभाबकारी सहयोग , स्वास्थ्य , शैक्षिक देखि अन्य धेरै क्षेत्रमा सहयोगका निकै हात बढाएको भन्दै मानवीय सेवामा रोटरी क्लब अफ डाउनटाउन पनि अग्रस्थानमा रहेको बताउनुभएको छ ।
क्लबको क्लब एसेम्ली पनि एजी अनिश बज्राचार्य र शंकर पाण्डेको बिशेष उपस्थितिमा सपन्न भएको छ । सो कार्यक्रममा बिगतमा भए गरेका कामबारे जानकारीसहित जुलाई दखि अध्यक्षको रुपमा रहनुभएका स्थानेश्वर रेग्मीलाई सम्पुर्ण फाइल अध्यक्ष लोकबहादुर टण्डनले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अमोलचन्द्र प्रधान, चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुली लगायतले पनि बोल्नुभएको थियो , अशिष्टेण्ट गभर्नर अनिश बज्रचार्यले रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले मानवीय सेवाका क्षेत्रमा गरेका कामहरु अन्य क्लबका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो ।
त्यस अघि बुढानिलकण्ठमा इन्ट्रयाक क्लबको बैठक पनि भएको थियो । सो कार्यक्रममा स्थानेश्वर रेग्मी , श्यामबहादुर पराजुली , केशरीराज पण्डित, प्रकाश दर्जी, अमोलचन्द्र प्रधान, शम्भु उप्रेति, बिधालयका प्रिन्सिपल, शिक्षक, बिधार्थीहरुको सहभागिता रहेको थियो । सो बैठकको संयोजन रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले गरेको थियो ।