काठमाडौं । संसदीय पत्रकार मामिला पत्रकार समाजको शनिबार सम्पन्न भएको आठौँ अधिबेशनले मनोज सत्यालको नेतृतवमा नयाँ कार्यमिति निर्बाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सिर्जना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिह महरा, कोषाध्यक्षमा अमुल थापा सचिवमा गुञ्जनराज गिरी र सबिता शर्मा निर्बाचित हुनुभएको छ । सदस्यहरुमा रघुनाथ बजगाईँ, राजु थापा, कमलराज भट्ट, अञ्जना लामिछाने, रोमन आचार्य, शिला तिमिल्सिना, मीरा बस्नेत र बिनोद कटुवाल निर्वाचित हुनुभएको छ ।
आठौँ अधिबेशन सम्पन्न गर्न बरिष्ठ पत्रकार एवं संसदीय मामिला पत्रकार समाजका संस्थापक टंक पन्तको संयोजकत्वमा निर्बाचन समिति बनाइएको थियो । निर्बाचन समितिमा पत्रकार नारायण न्यौपाने र चिरञ्वीवी ढुंगाना रहनुभएको थियो । निर्बाचन समितिले अधिबक्ता एवं पत्रकार लीलाधर उपाध्याय र पत्रकार प्रकाश बमलाई सहयोगी भुमिकाका लागि नियुक्त गरेको थियो ।
संसदीय रिपोटिङ् गर्ने, संसदको गतिबिधिलाई नजिकबाट हेर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको अधिबेशनमा भएको मतदान सम्पन्न भएपछि प्रमुख निर्बाचन अधिकृत टंक पन्त परिणाम घोषणा गर्दे सिङ्गो नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
बरिष्ठ पत्रकार टंक पन्तले संजिव वाग्लेको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले अधिबेशन सम्पन्न गर्न अहंभुमिका खेली समयमा नै नेतृत्व हस्तान्तरण गरेकोमा पनि आभारसहित बधाई ज्ञापन गर्नुभएको थियो ।
अधिबेशन सम्पन्न गर्न सभामुख देबराज घिमिरे, अध्यक्ष गणेश तिमिल्सिना, महासचिब डा भरतराज गौतम, सचिव पदमराज पाण्डे, प्रबक्ता एकराम गिरीसहित सिङ्गो संसद सचिवालय र सुरक्षाकर्मीले खेलेको अहं सहयोगी भुमिकाप्रति सम्पुर्ण पत्रकारहरुको तर्फबाट र निर्बाचन समितिको तर्फबाट प्रमुख निर्वाचन अधिकृत टंक पन्तले बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
निर्बाचनमा प्रतिस्पर्धामा उत्रेर केही मतले पछाडि परेपनि निर्बाचन परिणामलाई अत्यन्त सहजरुपमा लिएर निर्बाचितहरुलाई बधाई दिनुहुने बिष्णु खड्का र तुल्सी सापकोटाप्रति निर्बाचन समितिको तर्फबाट पन्तले बिशेष आभार ब्यक्त गर्नुभएको थियो ।
नयाँ निर्बाचित कार्यसमितिले सबै पत्रकार साथीहरुलाई समेटेर बिगतमा जस्तै थप प्रभावकारी भुमिका निर्बाह गर्ने अपेक्षा गरिएको छ । नवनिर्बाचित अध्यक्ष मनोज सत्याल क्रियाशील र सक्रिय पत्रकार भएकाले संसदीय मामिला पत्रकार समाज थप चलायमान हुने बिश्वास पनि गरिएको छ भने अध्यक्ष सत्यालले पनि सबैलाई सम्मान अन्ुभुति हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
निर्बाचन सम्पन्न गरी परिणाम घोषणा गर्न शनिबार साँझसम्म परेकाले निर्बाचितहरुलाई शपथग्रहण , प्रमाणपत्र बितरण, एवं बधाई ज्ञापनसहितको कार्यक्रम नयाँ कार्यसमिति र निवर्तमान कार्यसमितिसँगको समन्वयमा छिट्टै आयोजना गरिने जानकारी पनि निर्बाचन समितिले दिएको थियो । बिधान अनुसार नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको हुने छ ।
त्यसअघि आठौँ अधिबेशनको उद्घाटन संसद भवनको ल्होत्से हलमा एक समारोहबीच प्रतिनिधिसभाका सभामु्ख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रमममा उपसभामुख, उपाध्यक्ष, महासचिब, सचिबहरु, सहसचिवहरु, संसद सचिवालयका कर्मचारीहरु, संसदीय मामिला पत्रकार समाजका संस्थापकहरु, अग्रजहरु, संसदीय मामिला पत्रकार समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।