काठमाडौ । संसदमा पत्रकारहरुलाई जति सहज रुपमा रिपोर्टिङ गर्ने वाताबरण हुन्छ त्यत्ति नै संसद बलियो हुने बताइएको छ ।
संसदीय रिपोर्टिङ र संसद हेर्ने पत्रकारहरुको छाता संगठन संसदीइ मामिला पत्रकार समाजको आठाैँ अधिबेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमा बोल्ने बक्ताहरुले संसदलाई बलियो र सशक्त बनाउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका हुन् ।
संसद दिवसको दिन सम्पन्न भएको आठौँ अधिबेशनबाट निर्बाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र निर्बाचन समितिका संयोजक बरिष्ठ पत्रकार टंक पन्तले संयुक्त रुपमा प्रमाण बितरण गर्नुभएको थियो ।
पत्रकार मनोज सत्यालको नेतृत्वमा निर्बाचित १५ सदस्यीय कार्यसमितिले बिगतमा जस्तै पत्रकारहरुका लागि संसदमा पर्ने समस्या समाधान गर्न सहजीकरण गर्ने बिश्वाससहित बक्ताहरुले पत्रकार र संसद सचिवालयको भुमिका संयोजनकारी भुमिका हुनुपर्ने आबश्यकता औल्याएका छन् ।
सभामुख देबराज घिमिरेले संसदमा पत्रकार र संसद सचिवालय एउटै परिवार जस्तो भएकाले सोही अनुसार दुबै पक्षले भुमिका निर्बाह गर्नुपर्ने आबश्यकता औल्याउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारहरु संसदको ऐना भएको बताउनुभयो ।
पद हस्तान्तरण कार्यक्रममा निर्बाचन समितिका संयोजक एवं संसदीय मामिला पत्रकार समाजका संस्थापक टंक पन्तले संस्थाको स्थापनाको उद्देश्य र संसद सचिवालयले खेलेको भुमिकाबारे प्रकाश पार्दैै नबनिर्बाचिन कार्यसमिति र निबर्तमान कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संसद सचिवालयका महासचिब डा भरतराज गौतमले संसदको नयाँ नियमावलीले लबि रिपोर्टिंङसम्मको ब्यबस्था गरेकोले सिंहदरबारमा निर्माणाधीन संसद भवनमा पत्रकारहरुलाई कसरी सहज गर्न सकिन्छ भनेर आबश्यक सल्लाह गरेर अगाडि बढ्न सकिने स्पष्ट पार्नुभएको छ ।
समाजका नबनिर्बाचित अध्यक्ष मनोज सत्यालले सबैलाई समेटेर अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो भने निबर्तमान अध्यक्ष संजीव बगालेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा निर्बाचन समितिका संयोजक टंक पन्त, सदस्यहरु नारायण न्यौपाने, चिरंजीवी ढुगाना, निर्बाचनमा सहजीकरण गर्ने लीलाधर उपाध्याय र प्रकाश बमलाई सम्मान गरिएको कार्यक्रममा निबर्तमान उपाध्यक्ष तुल्सी सापकोटा, निबर्तमान महासचिब बिष्णु खड्काले बोल्नुभएको थियो ।