काठमाडाैं । मुसिकोट नगरपालिका गुल्मीदेखि काठमाडौंमा रहँदै आउनुभएका नगरबासीहरुको भेला सम्पन्न भएको छ । संघीयतापछि स्थानीय सरकारले सेवा सुचारु भएयता पहिलो पल्ट आयोजना गरिएको उक्त कार्यक्रमा सहभागीहरु उत्साहित थिए।
सहभागीहरुले यस्तो कार्यक्रम पहिलो पल्ट भएको र सुचना सबै सामु पुग्न नसकेको कारण आयोजकलाई सहज भएको अन्यथा उपस्थिति थेगी नसक्ने हुने थियो भन्दै उपस्थित बक्त्ताले आयोजकलाई सम्हाल्न गार्यो पर्ने समेत बताउन भ्याए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा निबर्तमान डिन डा तारा सापकोटा, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस प्रोफेसर तथा निबर्तमान सहायक डिन डा ज्ञानबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर जिबलाल सापकोटा, लगायत ४५ जनाको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष रास्ट्रपति चुरे संरक्षण सहायक बन अधिकृत कर्ण पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रम संयोजक सुबास जिसीले नगरपालिकादेखि भौगोलिक हिसाबले टाढा रहेर पनि नगरपालिकाप्रति चासो राख्नु पर्ने भन्दै नगरबासीहरुले स्थानीय सरकारको राम्रो कामलाई धन्यवाद र गलत कामहरुमा खबरदारी गर्नु पर्ने कुरा उठाउनुभयो ।
बिशिस्ट अतिथिहरुले मुसिकोट नगरपालिकाको इतिहास नेपाली उत्कृष्ट इतिहास रहेको बताउँदै गुल्मीको मुसिकोटलाई नेपालमा मात्र नभएर विश्व सामु चिनाउन पर्ने बताउनुभयो । करिब २ घण्टा लामो कार्यक्रममा नगर सरकारले निर्माण गरेको बृत्तचित्र अबलोकन गरि सुझाबहरु संकलन गरिएको थियो ।
अधिकांश बक्ताहरुले डकुमेन्ट्री राम्रो बनेको तर डकुमेन्ट्रीमा कला संस्कृति र इतिहास समेट्न छुटेको भन्दै सुझाब गरेका छन् ।
स्थानीय सरकारलाई देशको केन्द्र मानिने काठमाडाैंमा रहने नागरिकहरुले पनि दिशा निर्देश गर्नु पर्ने छलफलबाट निचोड निकालिऎको थियो।
कार्यक्रमको आयोजना सुबास फिल्मसले गरेको थियो भने कार्यक्रमको संचालन बिदुर गिरिले गर्नु भएको थियो ।