काठमाडाैं । नेकपा एकीकृत सामाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ट्रेड यूनियन कम्युनिष्ट पार्टीसँगै जोडिएको संगठनका रुपमा रहेको बताउनुभयो ।
काठमाडौंमा आयोजित शहीद स्मिृतिसभा, विचार गोष्ठी तथा नेपालको ट्रेड यूनियन आन्दोलनको उपलब्धि र चुनौतीहरु नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उहाँले ट्रेड यूनियनको लामो इतिहास बामपन्थी कम्यूनिष्टहरुसँग जोडिएको बताउनुभएको हो ।
अध्यक्ष नेपालले ट्रेड यूनियनको प्रत्येक आन्दोलनमा बामपन्थीहरुको अहम् भूमिका रहँदै आएको बताउनुभयो । उहाँले नेपालको श्रमजिवी आन्दोलन अगाडि बढाउनका लागि कम्न्युनिष्ट पार्टीसँग जोडिएका सबैले सँधै जनतासँग, आन्दोलनसँग र यो लोकप्रिय अभियानसँग जोडिनु पर्ने बताउनुभयो ।
उहाँले आन्दोलनको सलिसिलामा जीवन अर्पण गर्ने शहीदहरुलाई स्मरण गर्नु भनेको शहीदहरुको सपनालाई खेर जान नदिन प्रण गर्नु रहेको बताउनुभयो । उहाँले २०५१ सालमा नेकपा एमालेको सरकार बन्दा ट्रेड यूनियनका सम्पूर्ण मागहरुलाई सम्बोधन गर्ने काम गरेको बताउनुभयो । उहाँले कम्न्युनिष्ट पार्टीले सँधै जनतासँग जोडिनु पर्ने र जनताका समस्याहरुलाई उजागर गर्दै समाधानका उपाय खोज्नु पर्ने बताउनुभयो ।
पुस्तक बिमोचन कार्यक्रममा बोल्नु हुँदै नेकपा समाजवादीका उपसचिव तथा मोर्चा प्रमुख विजय पौडेलले लेखक विश्ननाथ प्याकुरेलद्वारा लिखित पुस्तकमा ट्रेड यूनियन आन्दोलनकोको बारेमा विभिन्न प्रकृतिको चर्चारहेको हुँदै यो पुस्तकले श्रमिक आन्दोलनलाई अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नयाँ पुस्ताहरुलाई यो पुस्तकले सिर्जित गर्ने काम गर्ने बताउनुभयो । उहाँले सबै व्यवहार आन्दोलनका कुरा संस्मरण्मा लेख्न नसकिने भए पनि यो पुस्तकमा सबै समेटिएको हुँदा पुस्तक पठनीय भएको बताउनुभयो ।
कार्यक्रममा शहीद मनोज, झपेन्द्र स्मृति प्रतिष्ठानले ट्रेड यूनियनको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीद परिवारका तीन जनालाई दोसल्ला र सम्मानपत्रका साथसम्मान गरिएको मनोज, झपेन्द्र स्मृति प्रतिष्ठानले जनाएको छ । त्यस्तै, कार्यक्रको अवसर पारेर पेशागत क्षेत्रमा आम पेशाकर्मीको हकहितका लागि क्रियाशील रहेका नेपाल ट्रेड यूनियनका तीन जना पूर्वअध्यक्षहरु मोहनबहादुर केसी, सीताराम नेपाल र विश्वनाथ प्याकुरेललाई पनि दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको गरिएकाे थियाे ।