–प्रेम यादव
रौतहट । नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधि पनि बाहिरबाट खरिद गराई सेवाग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षाैंदेखि ठग्दै गरेको तथ्य बाहिरिएको छ ।
प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाका लागि रौतहट जिल्लाअन्तर्गत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केही दिन पहिला प्रादेशिक अस्पताल गौर काव्य व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले कम्तीमा एक महिनाका लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिकालगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको आशंका छ ।
भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने मधेशतिर चलन छ । तर स्वास्थ्यलाई व्यापार बनाई आमजनताको स्वास्थसँग प्रादेशिक अस्पताले खेलबाड गरिरहेको तथ्य बाहिरिएको छ । नेपाल सरकारद्वारा निःशुल्क रुपमा वितरण हुने औषधि पनि वितरण गर्न समेत कटौति गरेको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ मा सेवाप्रदायक स्वास्थ्य संस्थाले प्रदान गरेको सेवा अनुसारको ईकाई मूल्य अनुसूची २ मा तोकिए बमोजिम प्राप्त गर्नेछ ।
'स्वास्थ्य सेवा संस्थालाई प्राप्त हुने इकाई मूल्य बापतको रकमबाटै सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधी, उपकरण र सामान खरीद गरी सेवाग्राहीलाई अनिवार्य रुपमा निःशुल्क सेवा उपलब्ध गराउन पर्ने छ । सेवाप्रदायक स्वास्थ्य संस्थाले सेवाग्राही महिलालाई औषधि, उपकरण, सामान, प्रयोगशाला शुल्क वा सेवा आदि वापत कुनै पनि शुल्क लिन पाईने छैन' प्रष्टै उल्लेख छ । तर उक्त निर्देशिकालाई धज्जि उडाउदै सामान्य औषधि पनि बाहिरबाट खरिद गर्नुपर्ने अवस्था छ । एक गाँस खान नपुग्ने गरिब ,निमुखा जनतालाई सरकारले प्रदान गर्ने सेवाबाट वञ्चित गरेको छ ।
प्रसुतिका लागि एक सुक्को पैसा समेत नलाग्ने प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले जिल्ला सम्वाददातासंग कुराकानीको क्रममा जानकारी दिए । साथै मे.सु र स्टाफको अभाव कारण अस्पताल व्यवस्थापनमा कठिनाई आएको समेत बताउनुभयो । तर यो निःशुल्क प्रसुति कागजमा मात्र सिमित भएको छ ।
केहि बृद्ध स्थानियका अनुसार वर्षौदेखि प्रादेशिक अस्पतालले सेवालाई औषधीको नाममा ठग्दै आएको हो । माथि तस्बीरमा देखिएका औषधीहरु पुर्ण रुपमा निःशुल्क छन् तर पनि कमिसनको लागि अस्पतालका स्वास्थ्यकर्मीहरुले बाहिरबाट औषधी खरिद गुर्न बाध्यता बनाएको छ । स्वास्थ्यकर्मीले आफु फस्ने डरले औषधी पनि अस्पतालले प्रदान गरेको पयाड्मा लेखेका छैनन् ।
स्मरण होस् , कोरोनाको दोस्रो लहरमा रौतहटका १४ सय ४४ जना कोरोना भाइरसबाट संंक्रमित हुँदा १ सय १९ जनाले ज्यान गुमाए । जसमध्ये अधिकांसले समयमै उपचार , अक्सिजन , आइसियु, भेन्टिलेटरको अभावमा ज्यान गुमाएका थिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको गौर अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू सँगै ४ वटा भेन्टीलेटर मेसिन छन् । हेर्दा सबै उपकरण नयाँ छन् तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमापुग्दाँ समेत यी मेशिनहरु कसैको ज्यान बचाउन प्रयोगमा आउन सकेन ।
मेसिन–उपकरण, जनशक्ति, सिद्धान्त बिहिन प्रादेशिक अस्तालमा निःशुल्क औषधिसमेत बाहिरबाट खरिद गर्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको सेवाग्राही बताउछन् । गौर अस्पतालबाट ९८ वटा औषधि निःशुल्क रुपमा सेवाग्राहीलाई दिने व्यवस्था छ तर दुर्भाग्य भनिए ती औषधिमध्ये ३०% पनि उपलब्ध नभएको सेवाग्राहीको गुनासो छ ।
यता मे.सु. बिहिन प्रादेशिक अस्पतालमा केही कर्मचारीको मिलोमतोमा लाखौंका औषधिहरु खरिद भइरहेको छ । तर सरकारले प्रदान गर्ने निःशुल्क औषधिमा पनि ठूलो भष्टचार गरेको प्रष्टै देखिन्छ । त्यति मात्र नभएर अस्पतालले आफ्नो वेवसाइट समेत व्यवस्थापन गर्न सकेको छैन । पूर्व मे.सु. कृष्णा साह र मे.सु. मुरारी ठाकुर सरुवा भएपछि पनि प्रादेशिक अस्पताल गौरले वेब साइट अपडेट हुन नसकेर सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ ।