नेपालगंज । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेयले पत्रकारले मुलुकलाई समृद्ध पार्न सुशासनको मुद्दा उठाउनुपर्ने बताउनुभएको छ ।
पूर्वमन्त्री पाण्डेयले समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशद्वारा बुधबार कोहलपुरमा आयोजित कार्यक्रममा मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
पूर्वमन्त्री पाण्डेयले पछिल्लो पटक भ्रष्टाचारका मुद्दा उजागर गर्नमा पत्रकारिताले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । ‘ सुनकाण्ड, ललिता निवासजस्ता भ्रष्टाचार काण्डलाई पत्रकारिताले उजागर गरेको छ’ उहाँले भन्नुभयो– नेपाली पत्रकारिताले मुलुकको परिवर्तनमा पनि ठूलो योगदान गरेको छ, अब सुशासन र समृद्विको मुद्वामा पत्रकारिता क्षेत्र केन्द्रित हुनुपर्छ । ‘मुलुकमा सुशासनका बाधकका रूपमा रहेको भ्रष्टाचार काण्डलाइ जसरी उजागर गरेको छ, यसलाई प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न अनुरोध गर्छुु (’
एकीकृत समाजवादी प्रदेश अध्यक्ष पाण्डेयले सवैधानिक रूपमा अधिकार स्थापित भएपनि समाजमा आर्थिक समृद्वि र सुशसन कायम गर्न चुनौती रहेको धारणा व्यक्त गर्नुभयो ।’राजनीतिक क्रान्तिको चरण पूरा भएको छ’ उहाँले भन्नुभयो – अब समृद्वि र सुशासन काया गर्नुपर्छ, त्यसका लागि नेपाली पत्रमारिता क्षेत्र पनि लाग्नुपर्छ । स्वच्छ र निषपक्ष पत्रकारिताले मात्रै समाजलाई अगाडि बढाउँछ ।’
कार्यक्रममा समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले आफूहरूले संविधान र परिवर्तन रक्षाका लागि विद्रोह गरेर संगठन निर्माण गरेको बताउनुभयो ।
उहाँले पत्रकारितामा सक्रिय पत्रकारहरुको संगठनका रूपमा समाजवादी प्रेस संगठन स्थापना गरिएको दाबी गर्नुभयो । अध्यक्ष सुवेदीले पत्रकार महासंघले थालेका पत्रकार शुद्विकरणमा आफूहरूको साथ र समर्थन रहेको बताउँदै एकाध ठाउँमा पुव्रागह साँधिएकाले त्यसलाई सुधार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन, नेपाल पत्रकार महासंघ लुम्बिनीका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाई, संगठनका प्रदेश अध्यक्ष ह्रदय भुसालले पत्रकारिता क्षेत्रलाई समाजसंग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।