काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बसेको छ ।
पोलिटब्यूरो बैठक दोस्रो दिन सोमबार पनि पार्टी मुख्यालय आलोक नगरमा बिहान ११ बजेदेखि शुरु भएको छ।
एकीकृत समाजवादीले आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डा र पार्टीको महाधिवेशनबारे छलफल गर्न पोलिटब्यूरो सदस्यहरुलाई भेला पारेको हो ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते हुँदैछ । भदौदेखि पाटी स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको एकीकृत समाजवादीले महाधिवेशन माघसम्ममा गर्ने योजना बनाएको छ । त्यसकौ छलफलको लागि पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक राखिएको हो ।
पोलिटब्यूरो बैठकको पहिलो दिन आइतबार ६ जना नेताले आफ्ना धारणा राखेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
प्रवक्ता खतिवडा आइतबार उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गंगा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्रबहादुर ।शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राई, दिलु पन्त, देउमान सम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पी.ए.श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमलकुमार खनाल, बलदेव चौधरी र वसन्त मानन्धरले आफ्नो विचार व्यक्त गर्नुभएको छ।
बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदन लगायत विषयमा छलफल भइरहेको प्रवक्ता खतिवडाले बताउनुभयो ।