काठमाडौं । बालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को २१ औँ साधारणसभा एवं सातौँ महाधिबेशनले जेण्डर बिशेषज्ञ एवं बालअधिकार अभियन्ता मीना शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ । महिला अधिकार, बाल अधिकार, पिस एण्ड कन्फिल्टमा दुई दशकदेखि क्रियाशील शर्मा सिजपको निबर्तमान महासचिब हुनुहुन्छ ।
कार्यसमितिको बाल अधिकार अभियन्ताहरु उपाध्यक्षमा सिद्धराज पनेरु र कमला पोखरेल, महासचिवमा तिलोत्तम पौडेल, कोषाध्यक्षमा हेमराज जोशी निर्बाचित हुनुभएको छ । देशभरि नेटवर्क रहेको सिजपको कार्यसमिति सदस्यहरुमा प्राची खतिवडा, शान्ता दाहाल, सिर्जना जिसी, केशव पौडेल, रुद्र भस्रान्ती, बिमला रावल, राजु घिमिरे, मणिराम आचार्य र सम्झना मल्ल निर्बाचित हुनुभएको निर्बाचन संयोजक तारक धितालले जानकारी गराउनुभएको छ ।
निर्बाचन समितिमा बालअधिकार अभियन्ता तारक धिताल, लालबहादुर ओली र सन्दिप बाल्मिकी हुनुहुन्थ्यो । बालबालिकाको क्षेत्रमा काम गर्ने देश भरिका बिभिन्न संस्थाहरु सदस्य रहेको नेटवर्क सिजपले राज्य र साझेदार संस्थाहरुसँग सहकार्य गरी बालबालिकाको अधिकार र उनीहरुको बिकास एवं सबर्द्धनका लागि काम गर्देै आएको छ ।
नवनिर्बाचित अध्यक्ष मीना शर्माले बालबालिकाको क्षेत्रमा बिगतमा जसरी सिजपले काम गर्देै आएको थियो त्यसै गरी थप प्रभाबकारी काम गरिने प्रतिबद्धता ब्यक्त गर्देै नवनिर्बाचित सिंगो कार्यसमिति, अग्रजहरु र सबैसँग समन्वय गरी सिजपको मुल उद्धेश्य पुरा गर्न आफूले जिम्मेवार भुमिका निर्बाह गर्ने बताउनुभयो
निबर्तमान अध्यक्ष राजेश शर्माको नेतृत्वले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको स्थापना दिबसकै दिन पारेर साधारणसभा, महाधिबेशन सम्पन्न गरेको छ । स्थापना दिबसकै दिन महाधिबेशन सम्पन्न गर्ने प्रतिवद्धता कार्यान्वयन गर्न सिंगो कार्यसमिति र बाल अधिकार अभियन्ताहरुको महत्वपुर्ण सहयोग रहेकोमा निबर्तमान अध्यक्ष शर्माले आभार ब्यक्त गर्नुभएको छ ।