काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेध गरेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालल समाजवादी निकछ अनेरास्ववियूको स्थायी कमिटी बैठकमा संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको गुनासो व्यक्त गर्नुभएको हो । ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्’ उहाँले भन्नुभयो – त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् ।’
अध्यक्ष नेपालले ओलीले आफूलाई विगतमा राष्ट्रपति बन्न प्रस्ताव गरेको भनिए पनि त्यो गलत भएको उल्लेख गर्नुभयो । ‘‘केपी ओलीलाई जब राष्ट्रपति पद पाउनका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन्’ उहाँले भन्नुभयो – अहिले के भन्छन्–मैले प्रश्ताव राखेको थिए । तर उनले राखेकै थिएनन् । प्रश्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले भने आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाई छ । ‘प्रचण्डजीले सबै बैठकमा मेरो नाम प्रस्ताव गरेकै हो राष्ट्रपतिमा’ उहाँले भन्नुभयो – ‘तर त्यो बेलामा कांग्रेसले के भन्यो भने सभामुख पाउने एमाले, राष्ट्रिय सभाको अध्यक्ष हुने एमाले, उपसभामुख पाउने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको उपाध्यक्ष हुने माओवादी अनि कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको बेलामा केही पनि नपाउने भनेर रु त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने । प्रधानमन्त्री हुन शेरबहादुरसँग लडाई चलिराख्या छ । शेरबहादुरजीले बचन दिइसक्नुभएको छ रामचन्द्रजीलाई ।’
अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट राष्ट्रपतिको प्रस्ताव आए पनि पार्टीलाई त्यसै अलपत्र छाडेर जाँदा आलोचना हुने भएकाले नगएको धारणा व्यक्त गर्नुभयो । ‘म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइन । किनभने विद्रोह गरेर पार्टी बनाइएको छ’ उहाँले भन्नुभयो – ‘ म राष्ट्रपतिमा गएँ भने हामीलाई ल्याएर बाटोमै छोडिदिनुभयो भनेर आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिनँ । ‘सबै कार्यकर्तालाई हरिबिजोग बनाएर राष्ट्रपति पदमा जानुहुँदैन भन्ने मलाई परेको थियो ।’