काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियानको तेस्रो दिन धनुषाकाे जदुकाेहामा विशाल जनसमुदायकाे उपस्थितिमा अभियान सञ्चालन गरेकाे छ ।
पाँच हजार बढीकाे जनसहभागितामा भएकाे कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेकाे पार्टीले जनाएकाे छ । अभियानकाे तेस्राे दिनसम्ममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरी एक हजार पाँच सय भन्दा बढी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
अभियानको तेस्रो दिन सप्तरीको छिन्नमस्ता, चन्ही, सिरहाको भगवानपुरलगायतका स्थानबाट ६ सय ५० भन्दा धेरै पार्टीमा प्रवेश गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ।
एमाले, कांग्रेस, माओवादीलगायत विभिन्न पार्टीबाट हजारौंको संख्यामा समाजवादी पार्टीमा समाहित भइरहेका छन्। पहिलो र दोस्रो दिन पाँच सयभन्दा बढीले पार्टी प्रवेश गरेको उपमहासचिव खतिवडाको भनाइ छ।
समाजवादीले अभियानको तेस्रो दिनसम्म आइपुग्दा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा गरी १३ वटा साना–ठूला सभा सम्पन्न गरेको छ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गर्नु भएको छ।