काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को मेची–महाकाली जागरण अभियान २०८० को पाँचौ दिन कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न स्थानमा कोणसभा र आमसभा गरी पुरा भएकाे छ ।
रौतहट र बारामा समाजवादी जागरण अभियानअन्तर्गत पत्रकार सम्मेलन, आमसभा र कोणसभा भएका छन्। रौतहटको गरुडा, मौरापुरलगायतका स्थानमा सभा भएका छन्। साइडलाइन भेटघाट पनि भएका छन्।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शुक्रबारदेखि बागमती प्रदेशमा समाजवादी जागरण अभियान सुरु हुनेछ। जागरण अभियानका क्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टी उपाध्यक्षहरू, महासचिव घनश्याम भुसाल, पार्टीका उपमहासचिव, सचिव रामकुमारी झाँक्रीलगायतले मुलुकको रूपान्तरणकारी आन्दोलनका बारेमा जनतालाई जानकारी दिदै हुनुहुन्छ।
रोजगारी, सुशासन र समृद्धिको नारासहित यही असोज १४ गतेदेखि एकीकृत समाजवादीले मेची–महाकाली समाजवादी जागरण अभियान संचालन गरिरहेको छ। अभियान असोज २८ गतेसम्म जारी रहने छ। अभियानमा दैनिक हजारौँ सर्वसाधारण सहभागी हुँदै आएका छन्।
जागरण अभियान-२०८० को पाँचौ दिनसम्म आइपग्दा करिब चार हजार नेता कार्यकर्ताहरू पार्टीमा समाहित भएका छन् ।
पार्टीले असोज १४ गते मेचिदेखि उक्त अभियान सञ्चालन गरेको हो।