काठमाडौं । समाजको कतिपय ठाउँ र समयुदायमा अझै पनि कुनै वस्तु बिटुलो हुँदा सुन पानी छर्किएर चोख्याउने चलन छ । तर कोही व्यक्ति त्यही सुनको भासमा डुबेर बिटुलियो भने के गर्ने ? यस्तो बेला उसलाई चोख्याउन सत्ताको छाल नै चाँहिदो रहेछ । यसको ज्वलन्त उदाहरण हो, पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा सफाई ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । तर उहाँका छोरा राहुलसहित ३ जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरेको छ ।
सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबी स्रोतले जनाएको छ ।
राहुलसहितलाई अहिले मुद्दा चलाएर जेल पठाए पनि पछि लोकतन्त्र वा संविधान दिवसरमा अवसरमा छुट्ने निश्चित छ । किन कि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबधन सरकारले प्रहरीलाई मार्ने, दिउँसै खुँडा खानेर ठहरै पार्ने जघन्य अपराधी र ठूला तस्करलाई चोख्याउन विचित्रको छाल ल्याउने गरेको छ ।
टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरी र चेतन मानन्धरलाई खुँडा हानेर मार्ने लिगल भनिने योगराज ढकाल लगायतका १ सय ७० जना अपराधीलाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्रबाट गराइएको कैद मिनाहले यसको पुष्टि गरिसकेको छ ।